January 4, 2025, 6:31 am
» Agriculture Ministry estimates 5.9 million metric tonnes rice yield » रास्वपाको केन्द्रीय समितिको दुई दिने बैठक आजदेखि » देशभरको तापक्रम घट्दै, तराईमा बाक्लो हुस्सु » चीनमा नयाँ भाइरसको संक्रमण फैलियो » भूतप उल्का वर्षा आज राति

सरकारलाई सफल बनाउन सबैको साथ चाहिन्छ : शेखर कोइराला

पुस १४, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारलाई सफल बनाउन सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको मर्मअनुसार नै वर्तमान सरकार गठन भएको र यो सरकार सफल भएरै छाड्ने बताए ।

राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति भई वर्तमान सरकार गठन भएको उनले उल्लेख गरे ।

उनले भने, ‘यदि वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ । त्यसैले, वर्तमान सरकारलाई कुनै पनि हालतमा सफल बनाउनुपर्छ ।’डा कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्न तयार रहेको उल्लेख गर्दै पार्टीभित्र कुनै पनि प्रकारको मनमुटाब नरहेको बताए ।

प्रतिक्रिया