January 3, 2025, 10:36 pm
» चीनमा नयाँ भाइरसको संक्रमण फैलियो » भूतप उल्का वर्षा आज राति » सर्वोच्चका अधिकृतले १० लाख घुस लिएको आरोप, पैसा फिर्ता माग्दै निवेदन » परिणाममुखी काम गर्न सीडीओ र सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको निर्देशन » दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल

लुक्लाबाट ६ यात्रुसहित उडेको हेलिकप्टरमा चरो ठोक्कियो

पुस १४, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं- सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रुसहित काठमाडौंका लागि उडेको एउटा हेलिकप्टरमा चरो ठोक्किएको छ ।

हेली एभरेष्टको ९ एन-एकेजी कलसाइनको हेलिकप्टरमा चरो ठोक्किएपछि पाइलटले काभ्रेपलाञ्चोकको साँगामा सुरक्षि अवतरण गराएका छन् ।

आइतबार बिहान लुक्लाबाट उडेको हेलिकप्टरमा चरो ठोक्किए पनि ठूलो क्षति भएको छैन । हेलिकप्टरलाई पुनः उडान पठाउन प्राविधिक चेकजाँच भइरहेको छ । चरो ठोक्किएको हेलिकप्टरमा चालक र यात्रु सुरक्षित छन्।

हेलिकप्टरमा चरो ठोक्किएपछि सम्भावित खतराबाट जोगिन पाइलटले तत्कालै साँगामा अवतरण गराएका हुन्।

प्रतिक्रिया