January 1, 2025, 12:55 am
» एमाले अखिलका सचिवमाथि ताइवानमा यौन दुर्व्यवहार गरेको आरोप » मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ : सांसद सिंह » जापानमा आगलागी, दुई जनाको मृत्यु » प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले भोलि सपथ लिने » विश्वप्रकाशले देउवालाई भने ‘बोक्दा बोक्दा काँध दुखिसक्यो होला? त्याग गर्नुस्’

कैलालीबाट चुनाव लड्छु : परराष्ट्रमन्त्री आरजु

पुस १३, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

धनगढी – नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले अबको निर्वाचन कैलालीबाट लड्ने बताएकी छिन् ।

कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् ।

‘म पहिले पनि यहाँ आएर चुनाव लडेको थिए,’ उनले भनिन्, ‘तपाईँहरु सबैले त्यो बेला पनि सहयोग गर्नुभएको हो । प्राविधिक कारणले हारियो । फेरि पनि यहीँ आएर चुनाव लड्ने मेरो विचार छ ।’

०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राणा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लडेकी थिइन् । उनी नेकपा (एमाले) का उम्मेदवार नारदमुनि रानासंग पराजित भएकी थिइन् । रानाले २७ हजार २ सय २ मत ल्याइ विजयी भएका थिए । आरजुले २२ हजार ३ सय २२ मत ल्याएकी थिइन् ।
हाल आरजु समानुपाती सांसद हुँदै मन्त्री बनेकी हुन ।

प्रतिक्रिया