February 25, 2025, 3:05 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले भोलि सपथ लिने

पुस १६, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं – प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले भोलि (बुधबार) पद तथा गोपनीयताको सपथ लिने भएका छन्‌ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा बुधबार बिहान साढे ११ बजे राईले सपथ लिने संसद्‌ सचिवालयले जानकारी दिएको छ ।

राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिव पदमा आज (मङ्गलबार) नियुक्त गरिसकेका छन्‌ ।

झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ का राईलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद्‌को तल्लो सदनका सचिवमा नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राईलाई सचिव पदमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया