January 3, 2025, 2:29 pm
» परिणाममुखी काम गर्न सीडीओ र सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको निर्देशन » दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल » पूर्वराष्ट्रपति भण्डारीले गरिन् ईश्वर पोखरेलको प्रशंसा » Foreign Minister Rana condoles demise of former US President Carter » महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ : प्रधानमन्त्री

मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ : सांसद सिंह

पुस १६, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह मधेसको राजनीतिमा निष्ठाको आवश्यकता रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

उनले मधेसको राजनीतिमा व्यापारिकरण मौलाएको टिप्पणी गरे । उनले मधेसको राजनीतिमा भइरहेको व्यापारिकरण नहटेसम्म मधेसका जनताले न्याय नपाउने बताए।

उनले मधेसका जनताले त्याग गरेको भएपनि राजनीतिक नेतृत्वले त्याग गर्न नसक्दा मधेसको विकास र समृद्धि हुन नसकेको पनि बताए । मधेसका जनताले निराश भएर बस्नुभन्दा संगठित भएर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया