February 25, 2025, 1:04 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ : प्रधानमन्त्री

पुस १९, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन्।

जनप्रतिनिधिहरूको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए। हिजो छोरीहरूको साक्षरताको स्तर माथि आउन नसकेकामा आज महिलाहरू शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनको भनाइ छ।

‘व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरूको उपस्थिति र सक्रियता नै काफी छ। महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ,’ उनले भने। महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार रहेको उनले बताए। ‘ती सबै समानता दिने ठाउँमा हामी पुग्नुपर्छ। हक अधिकारको उपभोग र अवसरमा समानाता चाहिएको छ। प्राप्त उपलब्धिहरू पर्याप्त नभएका हुन सक्छन्।

आज स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि छन्। यो उपस्थिति प्रगतिउन्मुख छ। यसलाई बढाएर लानुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।प्रधानमन्त्री ओलीले महिलाहरूमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरूको भूमिका हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे। कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो।

प्रतिक्रिया