February 25, 2025, 3:11 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

विश्वप्रकाशले देउवालाई भने ‘बोक्दा बोक्दा काँध दुखिसक्यो होला? त्याग गर्नुस्’

पुस १६, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौँ, 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई आफूले त्याग गर्न सुझाव दिँदा पार्टीबाट निकाल्ने काम नगरेको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

आफूले सभापति देउवाले गरेको असल कर्म सम्झाएको पनि महामन्त्री शर्माले बताए । अब त्याग मात्रै गर्न बाँकी रहेको कुरा पनि भनेको शर्माले सम्झिए । ‘अब तपाईँले धेरै काम गरिसक्नुभयो सभापति ज्यु तपाईँले गर्न एउटा काम बाँकी छ । उहाँले भन्नुभयो– के बाँकी छ के बाँकी छ?,’ उनले भने, ‘मैले भने–त्याग गर्न बाँकी छ ।’ सभापति देउवा आफ्नो पिता समान रहेको पनि उनले बताए । ‘त्यसैले त्यो सम्मान राखेर बोल्छौँ । अगाडि बोल्छौँ, सँगै राखेर बोल्छौँ,’ उनले सुनाए ।

तर, प्रक्रिया भइसकेपछि मानेर जाने महामन्त्री शर्माले प्रस्टोक्ति दिए । उनले भने, ‘संसदीय दलले उहाँलाई नै भन्छ त मान्नुपर्‍यो, केन्द्रीय समितिले उहाँलाई नै भन्छ त मान्नुपर्‍यो । यसको आधारमा स्पष्टीकरण काट्ने र गेटबाट निकाल्ने कर्म पार्टीमा हुँदैन ।’

प्रतिक्रिया