December 20, 2024, 5:00 am
» म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार » यु-१९ एसिया कप : नेपाल बङ्गलादेशसंग भिड्दै,फाइनल खेल आइतबार हुने » राप्रपाको कार्यसमिति बैठक बस्दै » ‘भ्युटावर’ हेर्न गएका तारणी ५४ दिनदेखि सम्पर्कविहीन » मन्त्रिपरिषद् बैठक बस्दै

महिलाहरूको पाठेघरको निःशुल्क परीक्षण

पुस ४, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं – ‘स्वास्थ्यलाई प्राथमिकता दिऔँ, आफ्नो र आफ्नो परिवारको स्वास्थ्य परीक्षण गराऔँ’ भन्ने नारासहित पुस ६ गते कोटेश्वरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।

कोटेश्वर ढकाल समाज र कान्तिपुर अस्पतालको सहकार्यमा आउने शनिबार निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो । कान्तिपुर अस्पतालका मेडिकल निर्देशक तथा वरिष्ठ चिकित्सकहरुद्धारा स्वास्थ्य जाँच गरिने आयोजकले जानकारी दिएको छ ।

शिवरमा स्त्री तथा प्रसूति सेवा अन्तर्गत महिलाहरूको लागि पाठेघरको परीक्षण (पाप टेस्ट) पनि गरिन्छ । यो परीक्षणले पाठेघरको क्यान्सर तथा अन्य स्वास्थ्य समस्याहरूको सुरुवाती अवस्था पत्ता लगाउन मद्दत मिल्नेछ । त्यस्तै, सुगर जाँच, रक्तचाप, इसीजी लगायतका स्वास्थ्य सेवा निःशुल्क हुनेछ । शिविरमा रक्तदानको कार्यक्रम समेत रहेको छ ।

साथै, कार्यक्रम बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म रहनेछ । दीपिका स्कुलको प्राँङगणमा हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया