February 23, 2025, 3:06 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

यु-१९ एसिया कप : नेपाल बङ्गलादेशसंग भिड्दै,फाइनल खेल आइतबार हुने

पुस ५, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौँ : मलेसियामा जारी महिला यु-१९ एसिया कपको ‘सुपर-४’ मा आज नेपालले बङ्गलादेशसंग सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ ।  यसअघि सुपर-४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एक÷एक अङ्क बाँडेका थिए । आजको खेल नेपालको लागि महत्वपूर्ण छ ।

आजको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेमा फाइनलको यात्रा तय गर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए । तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।

गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् । फाइनल खेल आगामी आइतबार हुनेछ ।

प्रतिक्रिया