February 24, 2025, 9:34 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

जनकपुरको दुर्गा मन्दिर परिसरमा एक शव भेटियो, हत्या भएको आशंका

पुस ५, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौंमा– जनकपुरमा एक वृद्धको शव भेटिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको बिहीबार राति शव भेटिएको प्रहरीले जनाएको छ।

टाउकोमा इट्टा प्रहार भएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ। मागेर खाने र राति मन्दिर छेउमै सुत्ने गरेको पाइएको छ।

उनी सुत्ने ठाउँमै उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। प्रहरीले कुकुरसहित टोली परिचालन गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया