काठमाडौं- नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई यौन शोषण आरोप लगाउँदै आएकी शोभा पाठकलाई अदालतले तीन दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।
सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेकी शोभा उपनामबाट परिचित जानुका पाठकलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति मिलेको हो ।
तर सोमबार शोभाले भने महेशले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि सुरक्षाका लागि गिरफ्तारी दिएको पाठकले बताएकी थिइन् ।
धादिङ घर भएकी पाठकविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको थियो ।
प्रतिक्रिया