December 23, 2024, 10:03 am
» निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग » एम्बाप्पेको सानदार गोलमा रियलको जित » रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ » रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

धनुषामा महिलाको हत्या घटनाः एक जना पक्राउ

पुस २, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

जनकपुरधाम – ४० वर्षीया एक महिलाको विभत्स हत्या गरेको आरोपमा ५० वर्षीय पुरुषलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्लाको विदेह नगरपालिका-५ मुडिबा टोलकी ४० वर्षीया रामपरीदेवी ठाकुरको हत्या आरोपमा स्थानीय ५० वर्षीय सगमलाल पासमानलाई पक्राउ गरी मंगलबार प्रहरीले सार्वजनिक गरेको हो।

गत मंसिर १९ गते दिउँसो करिब पौने १ बजेको समयमा शहिदनगर नगरपालिका-७ स्थित शिवनारायण मण्डलको खेतमा टाउको नभएको अवस्थामा ठाकुरको शव फेला परेको थियो। करिब २०५ फिट पश्चिम दक्षिण नहरको भित्तामा झाडीभित्र टाउको फेला परेको थियो।

प्रहरी उपरीक्षक तिवारीले मृतक र आरोपितबीच पहिलादेखि नै चिनजान रहेको र पटक-पटक दुवैजनाबीच फोन सम्पर्क हुने गरको बताए। उनले घटनाको दिनसमेत उनीहरुबीच फोन सम्पर्क भएको र ठाकुर घटनास्थलमा गएकोमा पछिपछि पासमानसमेत गएको स्थानीयले देखेको प्रहरी उपरीक्षक तिवारीले बताए।

उनले आरोपितको घरबाट रगत लागेको पाइन्ट, टिसर्ट, ज्याकेट बरामद गरेको बताए। उनले आरोपितको हातमा र कानमा काटिएको घाउसमेत रहेको आधारमा पासमानले नै महिलाको हत्या गरेको प्रष्ट रहेको बताए।

हत्यामा अरु कसैको संलग्नता रहे नरहेको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

प्रतिक्रिया