December 24, 2024, 5:20 am
» चर्चामै सीमित हुन्छ कि त प्रधानमन्त्रीको भारत भ्रमण ! » रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी » सहकारी ठगी प्रकरण : छविको बयान आज सकिने, त्यसपछि रविको पालो » एकीकृत समाजवादी गण्डकी प्रदेशको अधिवेशन पोखरामा » बागलुङको किबी बुटबलदेखि काठमाडौंसम्म

प्रहरीका १८ डिआईजीको सरुवा र पदस्थापन

मंसिर २८, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौं । नेपाल प्रहरीका १८ प्रहरी नायब महानिरिक्षक (डिआईजी)को सरुवा र पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालय का अनुसार १० जना प्रहरी नायव महानिरीक्षक (डिआईजी) हरुको सरुवा गरिएको छ ।

यस्तै, गृह मन्त्रालयले हालै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका ८ जनाको समेत पदस्थापन गरेको हो ।

कोसी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङ सिआईबी सरुवा भएको छ । प्रहरी केन्द्रीय प्रवक्ता समेत रहेका दानबहादुर कार्की लुम्बिनी प्रदेश पुगेका छन् ।

डिआईजी दुर्गा सिंहको नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरुवा भएको छ भने कुबेर कडायत प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएका छन् ।

त्यस्तै अर्जुन चन्द ठकुरी अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय पुगेका छन् ।  त्यस्तै डा। मनोजकुमार केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पुगेका छन् भने  जनक भट्टराई कर्णाली प्रदेश प्रहरी कार्यालय,लालमणी आचार्य मधेश प्रदेश ,राजन अधिकारी कोशी प्रदेश पुगेका छन् ।

त्यस्तै सुदुरपस्चिम प्रदेशका रविन्द्र केसीको नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ ।

त्यसैगरि, नेपाल प्रहरीले एसएसपीबाट बढुवा भएका ८ डिआईजीको पनि पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा भएर पदस्थापन हुनेमा ध्रुवराज राउत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएका छन् भने भोलाबहादुर रावत गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पुगेका छन् । उमाप्रसाद चतुर्वेदी महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय पुगेका छन् ।

सिद्धिविक्रम शाह नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो पुगेका छन् । त्यस्तै गणेश चन्द्र सुदूरपश्चिम प्रहरी कार्यालय पुगेका छन् ।

त्यस्तै सुशिलसिंह राठौर नेपाल प्रहरीको कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयमा पदस्थापन भए ।

त्यस्तै हिमालय कुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुग्दा डम्बरबहादुर विकको साईबर ब्यूरो भोटाहिटीमा पदस्थापन भई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा काज सरुवा भएको प्रहरी प्रधान कार्यलयद्वारा जारी  पदस्थापन तथा काज पत्रमा उल्लेख छ ।

प्रतिक्रिया