February 25, 2025, 9:44 am
» प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त » नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ » पूर्वबाट रातो सूर्य उदाउँदैछ- प्रचण्ड » ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग » आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित

सहकारी ठगी प्रकरण : छविको बयान आज सकिने, त्यसपछि रविको पालो

पुस ९, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं,  । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका प्रतिवादीहरुको बयान सुरु भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले प्रतिवादीहरुविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा दायर गरेसँगै सोमबारबाट बयानको प्रक्रिया सुरु भएको हो ।

हिजो गोर्खा मिडिया नेटवर्ककका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान भएको छ ।

जोशीको बयान बाँकी नै रहेको र आजपनि उनीसँग बयान लिइने बताइएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा उनीहरुको बयान चलिरहेको छ ।

सोमबार बयायनका लागि छवि, रवि लामिछानेसहित ५ जनालाई अदालतमा उपस्थित गराइएको थियो ।

जोशीको बयान सकिएपछि अन्य चार जनाको बयान हुने छ ।

न्यायाधीश राईकै इजलासमा सहकारी ठगीका आरोपितहरुको थुनथेक बहस हुनेछ । बयान सकिनमात्रै ३/४ दिन लाग्न सक्ने बताइएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि, छविसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया