February 25, 2025, 9:17 am
» प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त » नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ » पूर्वबाट रातो सूर्य उदाउँदैछ- प्रचण्ड » ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग » आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित

सहकारी ठगी मुद्दामा आज रविसँग बयान

पुस ९, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

पोखरा– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जोडिएका प्रतिवादीहरुको बयान आज पनि जारी रहने छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले प्रतिवादीहरुविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा दायर गरेसँगै हिजोबाट बयान सुरु भएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा उनीहरुको बयान हुनेछ । हिजो पहिलो दिन पूर्व डीआईजी एवं गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशीको बयान भएको छ । आज पनि उनको बयान जारी रहने छ । आज उनको बयान सकिएमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलगायतको बयान हुनेछ ।

हिजो बयानका लागि लामिछाने, जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई बयानका लागि अदालतमा उपस्थित गराइएको थियो ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीले बिहीबारसम्ममा सबैको बयान सकाएर शुक्रबारबाट थुनछेक बहस गर्ने तयारी रहेको जानकारी दिए ।

कास्की अदालतले सबैको सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

यसअघि आइतबार सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।
सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

प्रतिक्रिया