February 25, 2025, 9:40 am
» प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त » नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ » पूर्वबाट रातो सूर्य उदाउँदैछ- प्रचण्ड » ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग » आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित

चर्चामै सीमित हुन्छ कि त प्रधानमन्त्रीको भारत भ्रमण !

पुस ९, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

अकस्मात गत शुक्रबार नयाँ दिल्ली पुग्नुभएका एमाले उपमहासचिव प्रदीप ज्ञवाली र युरोपको दुई साता लामो भ्रमण सकी गत बुधबार भारत छिर्नुभएकी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा हिजो साँझ सङ्गै फर्कनुभएको छ । उहाँहरु नेपाल वायुसेवा निगमको एउटै उडानमा हुनुहुन्थ्यो ।

मन्त्री राणा र उपमहासचिव ज्ञवालीलाई प्रधानमन्त्रीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन उता पठाइएको धेरैले अनुमान गरेका थिए । चीन भ्रमण सकेर गृहनगर झापा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफूले छिट्टै भारत भ्रमणमा जाने बताउनु र उहाँहरु लगत्तै नयाँ दिल्ली पुग्नुलाई अर्थपूर्ण ठानिएको थियो ।

तर,हिजो साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ  परराष्ट्रमन्त्री राणाले नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर भारतीय पक्षसँग कुनै कुराकानी नभएको जानकारी दिनुभयो । उहाँले यस पटकको भारत यात्रा पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनका लागि गरिएकाले भेटघाटको अन्य कार्यक्रम नरहेको बताएपछि प्रधानमन्त्रीको भारत भ्रमणको सम्भावना हाललाई चर्चामा सीमित हुने सम्भावना देखिँदैछ ।

मन्त्री राणा गत साउनमा भारत जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीसहित विदेशमन्त्री एस जयशंकरलगायत उच्चतहका नेताहरुबाट भव्य स्वागत भएको थियो । यसपटक भने चरोमुसो कोही कसैले मतलव नगरेको परराष्ट्र श्रोतले बतायो ।

प्रतिक्रिया