काठमाडौं : नेपाली कांग्रेसले रिक्त रहेको गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ। सोमबार बिहान बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक तर्फ रिक्त स्थानमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिए।
कांग्रेसबाट समानुपातिक सांसद विमला गौचनको निधन भएपछि उक्त स्थान रिक्त थियो।
प्रतिक्रिया