December 23, 2024, 9:45 am
» निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग » एम्बाप्पेको सानदार गोलमा रियलको जित » रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ » रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

मोहन वैद्य फेरि बने क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिव

मंसिर २३, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौं,

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनबाट ११७ जनाको केन्द्रीय कमिटी चयन गरिएको छ । १० दिनसम्म कीर्तिपुस्थित त्रिभुवन विश्वविद्यालयको हलमा चलेको महाधिवेशनले ११७ जनाको केन्द्रीय कमिटी चयन गरेको हो । महाधिवेशनले पार्टीको महासचिवमा मोहन वैद्य किरणलाई सर्वसम्मत निर्वाचित गरेको छ । एकता महाधिवेशनले बहुपदीय व्यवस्था खारेज गरेपछि उनी फेरि महासचिवमा निर्वाचित भएका हुन् ।

वैद्यलाई सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए भने हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । महाधिवेशन हलले वैद्यलाई महासचिवमा सर्वसम्मत अनुमोदन गरेको एक सदस्यले जानकारी दिए । उनले भने, ‘महाधिवेशन हलले वैद्य कमरेडलाई सर्वसम्मत महासचिवमा चयन गरेको छ । पार्टीले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । बन्दसत्रले ११७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । ८५ जना वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको छ ।’पार्टीको विधानमा केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी समिति रहने व्यवस्था गरेको छ ।

१३ देखि २३ मंसिरसम्म चलेको महाधिवेशनमा देशभरबाट ५५० प्रतिनिधि सहभागी भएका थिए । महाधिवेशनमा पाँचवटा दस्तावेज पेस भएका थिए । बहुपदमा जाने कि एक पदमा जाने भन्ने बहस थियो । उक्त पार्टी अन्ततस् महाधिवेशनबाट एकपदीय प्रणालीमा गएको छ ।

प्रतिक्रिया