December 23, 2024, 10:56 am
» निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग » एम्बाप्पेको सानदार गोलमा रियलको जित » रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ » रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

सत्ता घटकको बैठक, कांग्रेसमा फेरि भाँडभैलो

मंसिर २३, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं,  । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको बीआरआई सम्झौतापछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

मंसिर २५ गते दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने नेता गौतमले जनाएका छन् ।

कीर्तिपुरलगाएत कतिपय आफुले जित्ने भनेका ठाउँहरुमा एमालेका उम्मेद्वार पराजित भएपछि निर्वाचन परिणामबारे पार्टीमा गम्भीर समीक्षा हुनुपर्ने नेताहरूले बताउँदै आएका छन् ।

यसमा पनि गम्भिर छलफल हुने जनाईएको छ । त्यसैगरी सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलीलाई बोलाएको छ ।

पार्टीका अनुसार बैठक भोली बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको छ ।

केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा उपनिर्वाचनको समीक्षा र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको बीआरआई लगायतका सम्झौताको विषयमा समीक्षा हुने बताएको छ ।

कांग्रेसमा फेरि भाँडभैलो 
सत्तारुढ दल नेपाली कांग्रेसभित्रको धेरै अगाडी देखिको गुटगत झगड़ा पुनः सतहमा आउन थालेको छ ।

महाधिवेशनको समय नजिकिदै जाँदा पार्टीभित्र गुटगत मतभिन्नता र समानान्तर गतिविधि हुन थालेका मात्र छैनन्, गुट परिवर्तन गर्ने काम समेत भैरहेको देखिन थालेको छ ।

पछिल्लो समय गगन थापाको शेरबहादुर देउवाप्रतिको मौनता यसको मुल कडी हो र कोशी प्रदेशमा देखिएको । पछिल्लो विवाद यसैको प्रति छायाँ हो भन्छन कांग्रेसकै नेताहरु ।

उनले क्याम्प  बदल्दा शेखर कोइराला उनी विरुद्ध आगो भएको उनीहरुको तर्क छ । कांग्रेस’ कोशी प्रदेशले हिजो मोरङको विराटनगरस्थित बरगाछी चोकमा रहेको मनास्लु पार्टी प्यालेसमा प्रदेश सम्मेलन सम्पन्न गरेको छ ।

तर, त्यो कार्यक्रममा डा. शेखर कोइराला उपस्थित समेत भएनन् । उनी चितवन तिर आएर शान्त रुपमा पार्टीको त्यो कार्यक्रममा विरोध रहेको सन्देश दिए भने त्यहि पार्टीको इतर पक्षले गत १८ गते पार्टीको संस्थापन पक्षलाई थाहै नदिई त्यहिं प्रथम कोशी प्रदेशस्तरीय पालिका सभापति प्रशिक्षण कार्यक्रम सम्पन्न गयो ।

कांग्रेस इतर समूहको नेतृत्व गरिरहेका डा शेखर कोइरालाको समूहले उनकै प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई संस्थापन पक्षले पार्टी हित विपरितको समानान्तर गतिविधिको रूपमा हेरेको छ ।

त्यस बिला कार्यक्रम नहुँदै केन्द्रले परिपत्र गरेर त्यो भेलालाई रोक्न प्रयास पनि गरेको थियो । तर, इतर समूहले विराटनगरमा आफ्नो गुटका पालिका सभापतिहरूको प्रशिक्षण कार्यक्रम गरिछाडेको थियो ।

शेखर कोइरालाले उदघाटन गरेको उक्त कार्यक्रममा कोशी प्रदेशका १३७ मध्ये ११३ जना पालिका सभापतिको उपस्थिति रहेको थियो । जुन भेलालाई केन्द्रले अवैधानिकको संज्ञा दिइरहेको छ।

तर, कोशीमा यो समूहले संस्थापन पक्षको पेलान भैरहेको जनाउँदै पार्टीको हितमा भएको यो कार्यक्रमलाई अवैधानिक भन्दै कारबाहीको डण्डा चलाए सातै प्रदेश, ७७ वटै जिल्ला, ७५३ वटै पालिका र ६ हजार ७४८ वटै वडामा यस्ता प्रशिक्षण कार्यक्रम आयोजना गर्ने चेतावनी दिएका छन् ।

यसले कांग्रेस भित्र निकै समस्या रहेको देखिन्छ । त्यतिमात्र होइन कांग्रेसको इतर समुहको कार्यक्रममा डा मिनेन्द्र रिजाल, गुरु घिमिरे, सरिता प्रसाई, राजीव कोइरालादेखि बहालवाला केन्द्रीय सदस्य तथा नेताहरू सहभागी भएका छन् ।

यसले पहिलेदेखि हुँदै आएको समानान्तर गतिविधि र ६०-४० को भागवण्डा अझै सशक्त रुपमा अगाडी बढिरहेको देखिन्छ ।

प्रतिक्रिया