December 4, 2024, 7:02 pm
» नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध : स्वास्थ्यमन्त्री पौडेल » चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री » डेंगु सङ्क्रमण घट्दै » चितवनमा रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते » नेप्सेमा २५ अंकको गिरावट, १३२ कम्पनीको शेयर मूल्य घट्यो

आज देशभरको मौसम कस्तो रहला ?

मंसिर १८, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै, आज राति कोशी, गण्डकी र लुम्बिनि प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।आज सूर्योदय बिहान ६ बजेर ३९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।

प्रतिक्रिया