December 4, 2024, 6:47 pm
» नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध : स्वास्थ्यमन्त्री पौडेल » चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री » डेंगु सङ्क्रमण घट्दै » चितवनमा रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते » नेप्सेमा २५ अंकको गिरावट, १३२ कम्पनीको शेयर मूल्य घट्यो

धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन पक्राउ

मंसिर १४, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

धनुषा – यही मङ्सिर ८ गते धनुषाको आमाखोलामा मृत भेटिएकी एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालयले जनकनन्दिनी गाउँपालिका-३ बस्ने २२ वर्षीय रामललित खत्वे मण्डल, सोही ठाउँका २० वर्षीय ज्ञानेन्द्र दास र शहीदनगर नगरपालिका-८ नाथपट्टी बस्ने २४ वर्षीय रमेशकुमार मण्डललाई सार्वजनिक गरेको हो ।

मङ्सिर ८ गते जनकनन्दिनी गाउँपालिका-४ खजुरी र कमला नगरपालिका-२ सरावेको बीच सिमानामा रहेको आमाखोलामा नामथर नखुलेकी एक महिलाको शव प्लाष्टिकको बोराभित्र रहेको अवस्थामा फेला परेको थियो । पछि ती महिला जनकनन्दिनी गाउँपालिका-५ उधा टोल निवासी रेखाकुमारी मण्डल रहेको खुल्न आएको थियो ।

आज आयोजित पत्रकार सम्मेलनमा धनुषाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललित मण्डल खत्वेले ढुङ्गाले अनुहारमा प्रहार गरी मुर्छित बनाई घाँटी रेटेर हत्या गरेको खुल्न आएको बताए ।मृतकसँग विवाह गर्ने सम्बन्धमा विवाद भएपछि घटना भएको देखिएको उनले जानकारी दिए । मृतक र खत्वेबीच पाँच÷छ वर्षदेखि रामललित मण्डल खत्वेबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।

प्रतिक्रिया