December 4, 2024, 6:49 pm
» नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध : स्वास्थ्यमन्त्री पौडेल » चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री » डेंगु सङ्क्रमण घट्दै » चितवनमा रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते » नेप्सेमा २५ अंकको गिरावट, १३२ कम्पनीको शेयर मूल्य घट्यो

लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ जना दीक्षित

मंसिर १४, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं : लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधि प्राप्त दुई सय ८९ जना दीक्षित भएका छन्।

प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे। यसैगरी पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे।

ललितपुर जन्मिएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७औं विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया