December 23, 2024, 9:59 am
» निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग » एम्बाप्पेको सानदार गोलमा रियलको जित » रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ » रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

भिजिट भिसालाई कडाई गर्दा के कस्तो प्रभाव परिरहेको छ ?

मंसिर १३, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं,  । अन्तर्राष्ट्रिय उडानतर्फ आम नागरिकले जान्नौ पर्ने केहि विषयहरु प्रस्तुत गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडानतर्फ आम नागरिकले जान्न पर्ने विषयहरुलाई यस्ता रहेकाछन् ।

१.    नेपालबाट जाने यात्रु र आउने यात्रुको संख्या कति  ?

२.    नेपालीहरु के कस्ता प्रयोजन र उद्देश्यबाट विदेश जान्छन्?
नेपालबाट अन्य मुलुक प्रस्थान गर्नेहरु मध्य धेरै जसो भिजिट भिसा र कामदार भिसामा जाने गरेको देखिन्छ । यस आलावा पनि अन्य भिसामा समेत प्रस्थान हुने गरेको छ । मानिसहरु विदेशी मुलुकहरुमा विभिन्न कामले जाने गरेपनि बढी जसो निम्न बमोजिमका कार्यका लागि विदेशिने गरेको देखिन्छ।
o    टुरिजम(Visit) वा पर्यटक(Tourist)
o    Family/Relation
o    Business
o    Study
o    Employment
o    Permanent Resident
o    Seminar/Training
o    Sports Event
o    सिजनल भिसा आदि।
३.    श्रमिक/कामदार/रोजगार भिसामा जाँदा के के तयारी गर्नु पर्दछ?
सम्बन्धित देशको कामदार भिसा,
नेपालको श्रम कार्यालयको श्रम स्वीकृति,
कुवेत लगायतका खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाँदा कामदार भिसा, श्रम स्वीकृतिसंगै सम्बन्धित दुतावासको पत्र समेत,

४.    आफन्त वा रिलेशन देखाएर जाँदा के-के देखाउने वा संलग्न गर्ने ?
कम्तिमा ६ महिना अवधी रहेको बैध राहदानी
सम्बन्धित देशको भिसा
जुन देशमा जान लागेको, हो उक्त देशमा राहदानीको प्रतिलिपी,
जुन व्यक्तिसँग आफन्त वा रिलेशन देखाएर जाने हो, सो व्यक्तिसंगको स्थानीय तहले प्रमाणित गरेको फोटो सहितको नाता प्रमाणित (तीन पुस्ता भित्रको)
सम्बन्धित देशमा जाने हवाई टिकट

५.    नेपाल सरकारले भिजिट भिसामा पठाउँदा के-के हेर्ने निर्णय भएको छ ?
नेपालबाट भिजिट भिसामा अन्य मुलूक जानेहरुको हकमा नेपाल सरकारले समय-समयमा विभिन्न निर्णयहरु गर्ने गरेको छ। नेपाल सरकारले मिति २०८० माघ १० गते जारी गरेको ६ बुँदे मापदण्डका आधारमा भिजिट भिसामा जानेहरु नेपालबाट प्रस्थान हुने गरेका छन्। जुन मापदण्डमा रहेका ६ बुँदाहरु निम्न छन:-

कम्तीमा ६ महिनाको अवधि भएको बैध राहदानी,

सम्बन्धित देशको प्रवेषाज्ञा (Visa) वा On Arrival Visa प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने,

भिसा प्राप्त गरेको मुलुक जाने हवाई टिकट र नेपाल फर्किने हवाई टिकट,

भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकताको प्रमाण-पत्र, नाता प्रमाणित वा अन्य कुनै प्रमाणपत्र।

भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डविट/क्रेडिट कार्ड)

संयुक्त अरब ईमिरेटस्, बहराईन, कुवेत, कतार, ओमान र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा स्व:घोषणा गर्नु पर्नेछ । स्व:घोषणामा संलग्न विवरणको प्रमाणको भार (Burden of Proof) सम्बन्धित व्यक्तिमा रहने छ ।

६.    भिजिट भिसा के हो ?  
पर्यटकको रुपमा घुमफिर गर्ने गरी कुनै पनि देशले जारी गरेको यात्रा अनुमतिलाई भिजिट भिषा भनिन्छ।

भिजिट भिसा सो मुलुकमा रहेका यात्रुका आपन्तलाई भेटन जाने प्रयोजनका लागि सम्बन्धित मुलुकले दिएको प्रवेश अनुमति मात्र हो भने पर्यटक भिसा आफ्नो वा प्रायोजकको खर्चमा सो देशमा घुम्न जानका लागि सम्बन्धित मुलुकले उपलब्ध गराएको प्रवेश अनुमति मात्र हो ।

यसलाई टुरिष्ट भिसाको नामले समेत चिनिन्छ। नेपालमा यसलाई पर्यटक भिसा भनेर चिनिन्छ । यो विशुद्ध घुमफिर गर्नको लागि दिएको अनुमति हो ।

यो भिसा प्राप्त गरेको व्यक्ति सम्बन्धित देश गएर उक्त देशमा घुमफिर गर्न पाउँदछ । भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य हो

यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुन अनुसार कारवाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने हुन्छ। काम गर्न सम्बन्धित देशको कानून अनुसार छुट्टै कामदार भिसा र श्रम लिनुपर्ने हुन्छ ।

७.    भिजिटमा कुनैपनि मुलुकमा जाँदा के कस्तो तयारी गर्नु पर्दछ?
भिजिट भिसामा कुनै पनि मुलुक प्रस्थान गर्दा कुन मुलुक जान लागेको हो, सो देशले जारी गरेको टुरिष्ट भिसा एकिन गरेर मात्र यात्राको लागि तयारी हुनुपर्दछ। टुरिष्ट भिषामा नेपालबाट जाँदा नेपाल सरकारले निर्णय गरेका माथिका बुँदाहरुमा उल्लेख भएको सम्पूर्ण कागजात संलग्न हुनुपर्दछ।

८.    भिजिट भिसालाई कडाई गर्दा के कस्तो प्रभाव परिरहेको छ ?
माथि बुँदा नम्बर २ मा उल्लिखित बुँदाहरु लगायतका उद्देश्य राखी नेपालीहरु विदेशीने गरेपनि बढी जसो भिजिट भिसामा गएको तथ्याङ्कहरुले देखाउँछ ।

पछिल्लो केही वर्ष देखि नेपालमा आउने भन्दा नेपालबाट बाहिर जाने व्यक्तिहरुको संख्या बढ्दो छ। कुनैपनि मुलुकको लागि उक्त देशमा आउने संख्या भन्दा बाहिरिनेको संख्या बढ्नु राम्रो मानिदैन।

त्यसैले पनि आफ्नो देशका नागरिकहरुलाई आफ्ना देशमा टिकाइ राख्न पनि सम्बन्धित देशको अध्यागमनले भिजिट भिसामा प्रस्थान गर्नेलाई निरुत्साहित गर्न र आन्तरिक पर्यटनलाई बढावा दिन भिजिट भिसामा कडाइ गरिदै आएको हुन्छ ।

त्यति मात्र नभई भिजिट भिसाका नाममा विदेशिएर उक्त मुलुक पुगिसकेपछि नेपाल नफर्ने र सोही देशमा रोजगारीको खोजीमा लाग्दा ठगिने, विभिन्न प्रकार अवाञ्छित जोखिममा पर्दै आएको कुराहरुले पनि वैदेशिक रोजगारमा जानेहरुको वैधानिक प्रकृयालाई जोड दिन समेत भिजिट भिसामा जाने कार्यलाई अध्यागमनले कडाई गर्नुपर्ने आवश्यकताहरु देखिन्छ।

यस्ता उद्देश्यहरु लगायतका अन्य समसामायिक कारण र परिस्थितिले भिजिट भिसामा कडाई गर्दा पनि यसको प्रभाव भने अन्य क्षेत्रमा समेत परिरहेको हुन्छ ।

नेपालको सवैभन्दा पुरानो र सवैभन्दा बढी यात्रुहरु आगमन/प्रस्थान गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनमा भिजिट भिसामा कडाई गर्दा यसले नेपालको यात्रुहरु आफ्नो मुलुकको विमानस्थल भन्दा छिमेकी मुलुक भारतको नयाँ दिल्ली लगायतका विमानस्थलबाट यात्रा गर्न बाध्य भएको देखिन्छ।

जसले गर्दा नेपालबाट विदेशिने नागरिकको अभिलेख पनि नेपालसँग नरहने र आफ्ना नागरिकलाई हुन सक्ने जोखिमलाई न्यूनिकरणमा समेत कार्य गर्न नसक्ने सम्भावना उच्च रहन्छ ।

नेपालको विमानस्थलबाट यात्रा गर्दा हवाईक्षेत्रबाट हुने आम्दानी समेत अन्य मुलुकमा जाँदा देशको राजस्व लगायतका क्षेत्रमा समेत यसले प्रभाव पार्छ ।

अहिलेको परिस्थितिमा त झन नेपालबाट अन्य मुलुक जान लाग्ने हवाई भाडा भन्दा भारतको नयाँ दिल्लीबाट प्रस्थान गर्दा हवाइभाडा समेत सस्तो भएको भन्दै श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा जान लागेका नेपाली नागरिकहरु समेत भारतको नयाँ दिल्ली हुदै प्रस्थान अनुमति लिने गरेको बाहिर आएका छन्। जसले नेपालको हवाई क्षेत्रमा समेत विस्तारै समस्या आउने सम्भावनाहरु बढेर गएका छन्।

९. अध्यागमन सेवा प्रवाह सुधारका लागि हालसम्म भएका सुधारका कार्यहरु
अध्यागमनमा हुने भिडभाड नियन्त्रण गर्न आगमन/प्रस्थान तर्फ ८/८ वटा डेस्क थप गरी हाल २२/२२ वटा बनाइएको छ।

VVIP र VIP हरुको लागि अध्यागमनको छुट्टै डेस्क संचालन गर्ने अन्तिम तयारीमा रहेको छ।

अध्यागमन सेवा प्रवाहको क्रममा आउने इन्टरनेटको समस्यालाई सामाधान गर्न नेपाल टेलिकमसँगको समन्वयमा Dark Core Fiber को जडान गरिएको। उक्त कार्यले अध्यागमन सेवा प्रवाह गर्ने System Slow को समस्या हाललाई न्यूनीकरण गरिएको छ ।

अध्यागमनको आगमन/प्रस्थान दुवैतर्फ Immigration Help Desk को व्यवस्था गरिएको छ।

अध्यागमनको कर्मचारीहरुबीचको समन्वय, बैठक र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम हज(सिनर्जी कक्ष) को स्थापना गरिएको छ।

अध्यागमन सेवा प्रवाहको क्रममा देखिने समस्या सामाधानका निम्ति हुने उपायहरु, अन्य देशका अभ्यासहरु, हाम्रा नीति/नियमहरुको विषयमा खोज गर्न नेपालमा अध्यागमन अनुसन्धान विश्लेषण तथा प्रशिक्षण केन्द्र (Immigration Research Analysis and Training Centre – IRATC) स्थापनाको पहल भएको छ।

कार्यालयमा कार्यरत कर्मचारीहरुलाई अध्यागमन विभाग र कार्यालयस्तरबाट अध्यागमन सम्बन्धी अभिमुखीकरण तालिम, पुनर्ताजगी तालिम तथा विभिन्न वैदेशिक दुतावास र नियोगसँगको सहकार्यमा अध्यागमन सम्बन्धी अभिमुखीकरण तालिम दिइदै आएको छ।

दैनिक प्रतिवेदन प्रणाली (DRS), दैनिक निरिक्षण प्रणाली (DCL) लागू गर्ने, मासिक बैठकहरु (Staff Meeting,  समूहगत बैठक, अन्तर निकायगत बैठक) लाई अनिवार्य गरि सञ्चालन गरिएको छ।

अध्यागमन, प्रहरी, विमान कम्पनी, र नागरिक उड्डयन कार्यालयसंगको सहकार्यमा सवै निकायका प्रतिनिधी बस्ने गरी कमाण्ड पोस्ट संचालनको तयारी भइरहेको छ।

अध्यागमनबाट Visa लिन नेपाल भित्र रहेका विदेशीहरुको हकमा भिसा शुल्क Online भुक्तानी हुने व्यवस्था मिलाइएको छ।

Electronic Traveler Authorization (ETA) को कार्यान्वयनमा ल्याइएको छ।

अध्यागमन प्रवेशद्बारमा अध्यागमनमा पुरा गर्नुपर्ने प्रकृया र शुल्कहरुको विषयमा Display Board को व्यवस्था गरिएको छ।

अध्यागमन सेवासँग सम्बन्धित सुचना प्रवाह गर्ने अधिकारीलाई नै गुनासा सम्बोधन गर्न गुनासो सुन्ने अधिकारी समेत तोकिएको।

 १०. विवादको रुपमा आइरहने भिजिट भिसाबाट यात्रा गर्ने यात्रुहरुलाई व्यवस्थित गर्न के-के आवश्यक छ?
नेपालमा भिजिट भिसाका विषयमा समय समयमा विभिन्न खाले चर्चाहरु हुने गर्दछ । जसले गर्दा नेपालबाट भिजिट भिसामा प्रस्थान गर्ने विषय नेपालको अध्यागमनका लागि समेत जटिल बनिरहेको हुन्छ । यसलाई व्यवस्थित गर्न नेपाल सरकारले समेत विभिन्न समयमा आवश्यकता अनुसार मापदण्डहरु तयार पार्ने, अध्यागमन सेवा प्रभावलाई सहज, सरल र विश्वनीय बनाउन हुने गरेको निर्देशन बमोजिम अध्यागमन सेवा प्रवाहसँग सम्बन्धित कर्मचारीहरु कृयाशिल हुनुपर्ने देखिन्छ ।

नेपालको अध्यागमन सेवालाई व्यवस्थित गर्ने कार्यहरु मध्ये भिजिट भिसालाई व्यवस्थित गर्ने कार्य पनि एक हो। तसर्थ, निम्न विषयहरुलाई व्यवस्थित गर्न सके तत्कालका लागि भएपनि भिजिट भिसालाई व्यवस्थापन गर्न सकिन्छ।

प्रस्थान गर्ने यात्रुहरुको कागजात आधिकारिता परीक्षण गरिनुपर्ने,

एयरलाइन्सले दिएको टिकटको आधिकारिता हेर्ने प्रणाली अध्यागमनसँग हुनुपर्ने, त्यसको लागि Advance passenger information system (APIS) प्रणालीको विकास र जडान हुनुपर्ने,

भिजिट भिसामा प्रस्थान गर्नेको लागि होटल बुकिङ्ग अनिवार्य गरिएपनि booking.com मा Book गरिएको बाहेक अन्य होटल बुकिङ्ग हेर्ने प्रणाली समेत हुनुपर्ने।

भिजिट भिसामा प्रस्थान गर्नेको हकमा ट्रान्जिट हुने यात्रुले अन्तिम गन्तव्यसम्मको बोर्डिङ्ग पास लिनुपर्ने,

भिसिट भिसामा प्रस्थान गरेर लामो समय नेपाल नफर्किनेहरुलाई आगमन दिदाँ के-कति कारणले तोकिएको अवधिमा नफर्किएको सो विषय समेत अध्यागमन प्राणाली (Nepaliport) मा अभिलेख र सुरक्षित गरिनुपर्ने,

भिसिट भिसामा प्रस्थान गरी छिद्र माग प्रयोग गर्दै श्रम गरेर फर्केकाहरुको हकमा श्रम भएको नभएको विषय चेकजाँच गरी अध्यागमन प्रणालीको स्तरोन्नती गरी अभिलेखित गर्ने व्यवस्था गर्ने।

प्रतिक्रिया