November 27, 2024, 7:45 pm
» प्रधानमन्त्रीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट » उत्तर कोरियाले रुसलाई सहयोग गरेको खुलासा भएपछि युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा » युवतीलाई उपचार गर्न गएका स्वास्थ्यकर्मी नै हनी-ट्र्यापमा, तीनजना पक्राउ » एनपीएल खेल्न नेपाल आए इंग्ल्याण्डका सेफ अली » युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छः देउवा

कार्य सक्षमता नदेखाए मन्त्री बदल्ने प्रधानमन्त्रीको चेतावनी

मंसिर १२, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्य सक्षमता देखाउन आग्रह गरेका छन् । कार्यसक्षमता नदेखाए बदल्ने चेतावनीसमेत प्रधानमन्त्री ओलीले दिएका छन् । बुधबार सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

‘प्रक्रियावादमा मात्रै नअल्झिऔँ । हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ । देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ,’ उनले भने ।प्रधानमन्त्री ओलीले आफूलाई ठोस योजना चाहिएको बताएका थिए ।

‘हामी सरकारमा भएको उपादेयता हुनुपर्‍यो । हिम्मतिलो तरिकाले अगाडि बढौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी सरकारमा रहेको भन्ने देखिनुपर्‍यो ।’ प्रधानमन्त्रीले अल्याङटल्याङ नबस्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया