January 11, 2025, 7:03 am
» अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो » राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण » आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना » भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा » उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह

युवतीलाई उपचार गर्न गएका स्वास्थ्यकर्मी नै हनी-ट्र्यापमा, तीनजना पक्राउ

मंसिर १२, २०८१ मा प्रकाशित | १४५०दर्शक तीव्रखबर

भक्तपुरको नयाँठिमी बस्ने २६ वर्षीया वर्षा दर्जीले आफ्नो खुट्टामा घाउ भएको भन्दै चिनजानकै स्वास्थ्यकर्मीलाई कोठामै बोलाइन्। मंसिर ६ गते दिउँसो म्यासेन्जरबाट सम्पर्क गरेकी ती युवतीले घाउ ड्रेसिङ गरिदिनु पर्यो भनेपछि स्वास्थ्यकर्मी उनको कोठामै पुगे।

वर्षा काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका ४ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ५ नयाँठिमी बस्थिन्। उनले बोलाएपछि कोठामा ती स्वास्थ्यकर्मी पुगे। तर उनको खुट्टामा कुनै घाउ देखिएन।

वर्षाले स्वास्थ्यकर्मी पुगेपछि आफ्नो कोठाको ढोका लगाइन्। ती स्वास्थ्यकर्मी भित्रै फसे। पछि ढोकाको चुकुल खोलेर बाहिर निस्कँदै गर्दा अर्की युवतीले वर्षालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै बार्गेनिङ गर्न थालिन्।

समृदी मगरले यसरी बाहिर निस्कँदै गरेका ती स्वास्थ्यकर्मीलाई कोठामा फर्काएर सहमतीमा आउने कि मुद्दामा फसाइदिउँ भन्दै धम्की दिन थालिन्। सुरुमा उनीहरुले १८ लाख रुपैयाँ माग गरेका थिए। पछि ८ लाख रुपैयाँ दिने सहमती भयो। उक्त सहमतीपछि ती स्वास्थ्यकर्मी त्यहाँबाट उम्किए।

मंसिर ११ गते कौशलटारको वेभ सेकुवा कर्नरमा बिहान ११ बजे फेरि भेटे । ती स्वास्थ्यकर्मीले दीपेन्द्र दर्जी र समृद्धी मगरलाई सुरुमा २५ हजार रुपैयाँ नगद दिए। समृद्धीको बैंक खातामा २५ हजार रुपैयाँ जम्मा गरिदिए।

सोही दिन दिउँसो ४ बजेतिर स्वास्थ्यकर्मीले उनीहरूलाई त्यही ठाउँमा भेटेर ७५ हजार रुपैयाँको चेक दिए। आफूलाई फसाउन खोजेको भन्दै स्वास्थ्यकर्मीले प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। एकजना फरार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले बताए।

प्रहरीले उनीहरूको साथबाट ७५ हजार रुपैयाँको चेक र २० हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ।

११ गते नै समृद्धी र दीपेन्द्रलाई पक्राउ गरेको थियो। वर्षालाई पनि बुधबार पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको छ। २५ वर्षकी समृद्धी इलामकी र अरु दुई जना काभ्रेका हुन्। ३० वर्षका दीपेन्द्र यसअघि पनि कर्तव्य ज्यान सम्बन्धी कसुरमा काभ्रेमा सजाय भुक्तान गरेर रिहा भएको खुलेको छ।

प्रहरीले उनीहरूलाई आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाउने भएको छ।

प्रतिक्रिया