February 24, 2025, 6:00 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रवि लामिछानेलाई धरौटीमा रिहा आदेश गर्ने न्यायाधीशविरुद्ध युवराज सफलको उजुरी

पुस २६, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौँ,। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा रिहाको आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको छ। सिन्धुलीका युवराज सफलले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा रास्वपा सभापति लामिछानेलाई धरौटीमा छाडेको भन्दै न्यायाधीशविरुद्ध न्यायपरिषद्‍मा उजुरी दिएका हुन्।​ न्यायाधीश राईविरुद्ध सफलले शुक्रबार न्यायपरिषद्‌मा उजुरी दिएका हुन्।

रविलाई थुनामा पठाउने प्रशस्त सबुत प्रमाण र तथ्य हुँदाहुँदै जिल्ला अदालतका कास्कीका न्यायाधीश नीतिज राईले ६५ लाख धरौटी लिएर तारेखमा रिहा गरेको भन्दै आदेशविरुद्ध उजुरी दिएका हुन्। पुर्पक्षका लागि थुनामा पठाई मुद्दा अगाडि बढाउनुपर्नेमा सो नगरी न्यायाधीशले दाबी गरिएको बिगो रकमभन्दा थोरै धरौटी तोकी छाड्ने निर्णय गरेको हुँदा यो आदेश कानुनी, न्यायिक र व्यवहारिक कुनै कोणबाट पनि न्यायसंगत नभएको उजुरीमा उल्लेख छ।

प्रतिक्रिया