November 27, 2024, 6:40 pm
» प्रधानमन्त्रीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट » उत्तर कोरियाले रुसलाई सहयोग गरेको खुलासा भएपछि युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा » युवतीलाई उपचार गर्न गएका स्वास्थ्यकर्मी नै हनी-ट्र्यापमा, तीनजना पक्राउ » एनपीएल खेल्न नेपाल आए इंग्ल्याण्डका सेफ अली » युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छः देउवा

एनपीएल खेल्न नेपाल आए इंग्ल्याण्डका सेफ अली

मंसिर १२, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि सुदूरपश्चिम रोयल्समा आवद्ध इंग्ल्याण्डका सेफ अली जैब नेपाल आइपुगेका छन् ।  बुधबार साँझ उनी नेपाल आइपुगेका हुन् । जैबलाई रोयल्सका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

ब्याटिङ अलराउन्डर जैबले द हन्ड्रेड क्रिकेटमा नर्थन सुपरचार्जर्सबाट खेलेका छन् । सुदूरपश्चिमको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरी छन् । ऐरीसहित आरिफ अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, नरेश बुढाएर सुदूरपश्चिमको टोलीमा छन् ।सुदूरपश्चिमले चार विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । चार विदेशी खेलाडीमध्ये तीनजना ब्याटिङ अलराउण्डर छन् भने एकजना बलिङ अलराउण्डर छन् । नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका संयुक्त अरब इमिरेट्स (युएई)का रोहन मुस्ताफा र स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन छन् ।

त्यसैगरी चेन्नई सुपर किङ्ग्सबाट आइपिएल खेलेका न्युजिल्याण्डका बलर स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा आबद्ध छन् । टोलीका दुई युवा खेलाडीले अर्जुन कुमाल र नरेन साउदले भने आफ्नो टोलीको उद्घाटन खेल गुमाउने छन् । उनीहरु नेपाली यु-१९ टोलीबाट एसिसी एसिया कप खेल्न युएईमा छन् ।

प्रतिक्रिया