January 11, 2025, 6:56 am
» अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो » राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण » आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना » भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा » उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह

साहारा चितवन सहकारी ठगी प्रकरणः रविसँगै चार हिरासतमा, २३ अझै फरार

मंसिर १२, २०८१ मा प्रकाशित | ९९०दर्शक तीव्रखबर

 

चितवन । चितवन जिल्ला अदालतले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएकामध्ये २३ जना अझै फरार छन्।जिल्ला अदालतले यही मंसिर ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १० र त्यसअघि २०८० असोज ९ गते १७ जना अरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो। साहारा चितवन सहकारीका बचतकर्ताले सहकारीको रकम हिनामिना गरेको आरोपमा दुई पटक गरी २७ जनाविरुद्ध किटानी उजुरी दिएका थिए।

उजुरी दिइएकामध्ये रास्वपाका सभापति लामिछानेसहित चारजना अनुसन्धानको दायरामा आएका छन्। आरोपितमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक लामिछाने, छविलाल जोशी, कुमार रम्तेल र नेचर हर्बस इन्टरनेसनल प्रालिका सेयरधनी रामबहादुर खनाल प्रहरी नियन्त्रणमा छन्।

लामिछाने, खनाल र जोशी कास्की प्रहरीको हिरासतमा र रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन्। चितवनमा उजुरी परेका यी चारजनालाई कास्कीको पोखरास्थित सुपिम्र सहकारी ठगी आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो।

साहारा सहकारी ठगी प्रकरणमा चितवन प्रहरीको फरार सूचीमा गितेन्द्रबाबु ९जिबि० राई, साहारा सहकारीका व्यवस्थापक सागर केसी, पूर्वअध्यक्ष वीरबहादुर रानाभाट, हालका उपाध्यक्ष हेमन्त अधिकारी, कार्यसमिति सदस्य छत्रमणि भट्टराई, भुपेन्द्र राई, अनन्तबाबु राई, आशीष आनन्द, देवेन्द्रबाबु राई, साहारा चितवन सहकारी नारायणगढ शाखाका व्यवस्थापक दिनेश रोका, लेखा अधिकृत दीपा न्यौपाने, ऋण अधिकृत शिवप्रसाद आचार्य, टाँडी शाखाका व्यवस्थापक तिर्थराज लामिछाने, ऋणी शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलगायत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ९डिएसपी० ज्ञानकुमार महत्तोले जानकारी दिए।

यसैगरी अदालतबाट यही मंसिर ७ गते पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिइएका जिबी ग्रुप कम्पनीका सेयरधनी विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, नेचर नेस्ट प्रालिका सेयरधनी दीपक लामा, स्प्रिङ उड रियल स्टेटका सेयरधनी भगवती बम्जन, नेचर हर्बस इन्टरनेसनल प्रालिका शेयरधनी कविता तामाङ फरार छन्। उनीहरूको खोजी भइरहेको डिएसपी महत्तोले बताए। ‘यही मंसिर ७ मा पक्राउका लागि अनुमति दिइएकामध्ये तीनजना रवि लामिछाने, छविलाल जोशी कास्की प्रहरी हिरासतमा र कुमार रम्तेल कास्की कारागारमा छन्। साहारा सहकारीका बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रूपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले यसअघि १७ जनाविरुद्ध मुद्दा चलाउन सुझाएको थियो। सोही आधारमा अदालतबाट थप अनुसन्धानका लागि १७ जनालाई पक्राउ आदेश भएको थियो।

चितवनको साहारा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रूपैयाँ गएको देखिएको छ। साहारा सहकारीबाट नेचर हर्बस इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जिबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४, स्प्रिङ उड रियल स्टेटमा ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार रूपैयाँ लगेर अपचलन गरिएको पीडितको दाबी छ। साहारा चितवन सहकारीका ६ हजार ३३४ बचतकर्ता छन्। त्यसमध्ये जिल्ला प्रहरी कार्यालयमा ४४६ जनाले हिनामिना गरिएको रकम फिर्ता पाउनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने मागसहित उजुरी दिएका थिए।

प्रतिक्रिया