April 9, 2025, 9:29 pm

क्यानडाले किन निष्कासन गर्‍यो दुई नेपालीलाई?

मंसिर १२, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

काठमाडौं : क्यानडाले दुई जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो।

निष्कासनमा पर्नेहरूमा कौशिला भुर्तेल र हिमलाल भुर्तेल रहेका छन्। एयर इन्डियाको विमानबाट मंगलबार उनीहरू काठमाडौं आइपुगेका हुन्।

पछिल्लो समय अध्यागमन कानुन उल्लंघन गरी निष्कासनमा पर्ने नेपालीको संख्या बढिरहेको छ। केही दिनअघि अमेरिकाले पनि दुई जना नेपालीलाई निष्कासन गरेको थियो।

प्रतिक्रिया