भारतमा उत्पादीत बस्तुमा चौधरी ग्रुपको नक्कली स्टीकर

- September 23, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

धन कमाउन नेपाली भुमी प्रयोग गरेर कति सम्म गर्छन भन्ने कुरा आम उपभोक्ताहरुले थाहा नै पाउने गरेका छैनन् । पैसाकै लागि विदेशमा उत्पादन भएका खाद्य बस्तुदेखि औषधी समेत प्रयोगात्मक रुपमा नेपाल भित्राउने गरेको पाईएको छ । विदेशमा उत्पादन हुन्छ त्यसको परिक्षण नेपालमा हुदै आएकोमा त्यसको सहयोग सरकारी कर्मचारीदेखि आफुलाई विश्वको धनीको रुपमा नाम लेखाएका तथा नेपाली काँग्रेसको तर्फबाट संघिय संसदका सासंद बिनोद चौधरीको अबैध धन्दा पनि धेरै छन् । उनले विभिन्न ब्राण्डको सामानदेखि खाद्य बस्तुसम्ममा नक्कली र गुणस्तहिन बस्तु भित्राएर उपभोक्तामाथी लुट मञ्चाउदै आएको पछिल्लो पटक नेपाली बजारमा बिक्री भई रहेको हनी (मह) बाट प्रमाणित भएको छ ।
शक्ति र पैसाकै आडमा चौधरी ग्रुपका अध्यक्ष समेत रहेका बिनोद चौधरीले विना परिक्षणका खाद्य बस्तु नेपाल आयात गरेर प्रत्यक्ष उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्दा समेत सरकार रमिते बनेको छ । काठमाडौं लगायत देशका विभिन्न डिपाटमेन्ट स्टोरबाट खुला रुपमा बिक्री हुदै आएको ‘सिजी हनी’ नाम दिएर भारतमा उत्पादन भएको सो हनी नेपाली बजारमा विना अनुमति बिक्री भई रहेको छ । काठमाडौंको मीनभबन स्थित रहेको शन्तिनगर गेटको डिपाटमेन्ट स्टोरबाट सो हनी (मह) बिक्री हुदै आएको भएपनि सो हनी गुणस्तरियताका बारेमा भने बिक्रेताले कुनै जवाफ दिन सकेको छैन । शान्तिनगर स्थित रहेको बिग मार्ट नामको डिपाटमेन्ट स्टोरमा कार्यरत कर्मचारीले यति भने, ‘हाम्रो नाम लेखिदिनु होला, हाम्रो जागीर धरापमा नपारिदिनु है ।’
यसरी चौधरी ग्रुपले ५ सय ग्रामको सो महको एमआरपी मुल्य समेत राखेको छैन । भारतको उत्तराखण्डमा रहेको ‘एपीज इन्डिया लिमिटेड’ नामको कम्पनीबाट उत्पादन गरिएको सो हनीलाई चौधरी ग्रुपले नेपालमा ल्याई सिजी हनीको ट्याग टाँसी बिक्री वितरण गर्दै आएको छ । चौधरी ग्रुप अन्तरगतकै अर्को कम्पनी सिजी एम्जीम नेपाल प्रालिको नामबाट सो हनीको बिक्री हुदै आएको छ । सो बारे चौधरी ग्रुपको ल्याण्ड नम्बरमा पटकपटक फोन गर्दा फोनमा अधिकाशं समय बिजी टोनमा आएका कारण फोन सम्र्पक हुन सकेन ।
उत्तराखण्डमा उत्पादीत सो हनीलाई विना परिक्षण नेपाल आयात गरेर चौधरी ग्रुपले व्याच नम्बर एनपी–००१ उत्पादन मिति ११/०१/२०१८ उल्लेख गरेको स्टिकर टासीएको भेटिएको छ । सो हनीमा टाँसिएको स्टिकरमा कतै पनि नेपाल सरकारले बिक्रीकालागि अनुमति दिएको उल्लेख गरिएको छैन । भने एमआरपी समेत उल्लेख नगरी बजारमा बिक्री गरिदै आएको छ ।
केही महिना अधि प्रंधानमन्त्री केपी ओलीले प्रदेश नं. ३ को प्रदेशसभाको बैठकमा भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नुनपर्ने भन्दै व्यंग्य गरेका थिए । यो भनाईले बजारमा बिक्री वितरण हुने अखाद्य वस्तुको विकृति प्रति लक्षित गरेर प्रधानमन्त्री ओलीले बोली रहेको अबस्थामै चौधरी गु्रपले विना परिक्षण स्वस्थ्यबर्दक हनी भन्नै नेपाल सरकारको अनुमति बिना नेपाल आयात गरी बिक्री गर्दै आएको छ ।
मानव स्वास्थ्यमा असर पु¥याउने भएकाले बजारको बेथितिबारे प्रधानमन्त्री ओलीले सो अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको भनाइले अहिलेको बजारको अवस्थालाई प्रतिनिबिम्बित गरि रहेको अबस्थामा परिक्षण बिना नै सो मह नेपाल भित्राएर बिक्री गर्दा समेत सरकारले सो बारे कुनै कारबाही अगाडी बढाएको छैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट सो परीक्षण गरेर गुणस्तरिय छ भन्ने प्रमाणपत्र दिएपछिमात्र विदेशबाट खाद्य बस्तुहरुको आयात गर्ने गराउने गरिदै आएकोमा चौधरी ग्रुपले सो प्रकृया पुरा नगरेको विभागका एक कर्मचारीले बताएका छन् । दैनिक उपभोग्य वस्तुको नमुना संकलन गरेर प्रयोगशालामा गरिएको परीक्षण गरिएका अधिकाशं खाद्यबस्तुहरु दूषित र गुणस्तरहीन भेटिएको विभागले जनाएको छ ।
दैनिक उपभोग्य वस्तुमा मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने रसायन प्रयोग गरेकाले विभिन्न रोगको संक्रमण बढेको चिकित्सकहरुको भनाई रहेको छ । यसरी बिना अनुमतिका खाद्य बस्तुहरुको आयातमा सम्बन्धित भन्सार नाकाबाट विना अबरोध आयात हुदै आएको छ । भन्सार नाकामा कार्यारत भन्सार कर्मचारी र सिजी ग्रुपद्वारा जिम्मेबारी दिइएको कर्मचारीको मिलिमतोमा सो हनी (मह) नेपाल भित्रिदै आएको छ ।
तत्कालिन नेकपा एमालेको सभासद हुदाँ सो नगरपालिकाको जग्गालाई जालझेल गरी चौधरी ग्रुपले हड्पेको भेटिएको छ । यसैगरी, पछिल्लो पटक अबैध धन्दा चलाउनकै लागी करोडौ रुपैयाँ खर्चेर संघिय सभामा नेपाली काँग्रेसको सासद भएका चौधरीले आप्mनै कान्छो भाई अरुण चौधरीको नाममा रहेको जग्गा हडपेर बिनोदले मापदण्ड विपरित भबन निर्माण गर्न लागेको गोप्य स्रोतले जनाएको छ । नाम गोप्य राख्ने सर्तमा ग्रुपका अध्यक्ष बिनोदले लतितपुर जिल्लाका साविकको सैबु गाउ विकास समिति ४ हाल ललितपुर उपमहानगर पालिका वडा नम्बर २५ मा रहेको जग्गा हडपेको भेटिएको छ ।खाद्य बस्तुमै चौधरी ग्रुपले अत्याधिक मुल्य तोकेर मंहगोमा बिक्री गरेर आउदा पनि सरकारले सो कम्पनीमाथी कुनै प्रश्न चिन्ह समेत लगाउन सक्दैन । बच्चादेखि बृद्धासम्मलाई रसाययुक्त चाउचाउ खुवाएर दिर्धकालिन रोगी बनाउदै आएको लामो वर्ष वितिसक्दा पनि सो कम्पनीबाट उत्पादित गरेको बाइबाइ चाउचाउमाथी कुनै परिक्षण गर्न सरकारले आँट गर्न सकेको छैन । तोकिएको ग्रामभन्दा कम तौलमा चाउचाउ प्याक गरेर बजार पठाएको बाइबाइ चाउचाउ स्वास्थ्यका दृष्टीले खान योग्य नभएको प्रमाणित भई सकेको छ ।
चौधरी ग्रुपको ठगीधन्धा यतिमा मात्र सिमित रहेको छैनत । सो ग्रुपकै सदस्य तथा अध्यक्ष बिनोद चौधरीका कान्छो भाई अरुण चौधरीले २०५०/०५९ सालमा नेपाल बैंकमा धितो राखिएको जग्गालाई सकारेका थिए । अरुण चौधरीको नाममा रहेको सूर्य अटोमोवाईल्स कम्पनीको नाममा लक्ष्मी आर्चाय समुबाट सहकारेको सो जग्गामा बिनोदले आफ्नै भाई अरुणसंग खोसेर भबन बनाउन लागेका छन् । त्यो पनि सरकारी जग्गा समेत अतिक्रमण गरेर । भाईकै जग्गा खोसेर त्यहीजंग्गासंग जोडिएको सरकारी जग्गालाई समेत हड्पेर विद्यमान सरकारी कानुनको धस्जी उडाउदै सानो नाममात्रको बाटो छोडी भबन बनाएको छ । सूर्य अटोमोबाइल्सले तत्कालिन समयमा ८३ आना मात्र सहकारेकोमा बिनोद चौधरीले भाई अरुणबाट खोसेर भबन बनाउने भन्दै सो जग्गाको अगाडी रहेको सरकारी जग्गा समेत अतिक्रमण गरी घेराबार लगाएको छ । अहिले सरकारी जग्गा समेत हडपेर १०५ आना जग्गा भएको प्रमाण पत्र लिएको समेत स्थानीयको दाबी रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठको निवाससंगै जोडिएको सो जग्गामध्ये सरकारी जग्गालाई चौधरी र मन्त्री महासेठ दुवैले अतिक्रमण गरेको स्थानीयको दाबी रहेको छ । मन्त्री महासेठले ३ रोपानी सरकारी जग्गा अतिक्रमण गरेको भेटिएको छ भने चौधरी ग्रुपले २२ आना जग्गा अतिक्रमण गरी घेराबार लगाएको छ । भैसेपाटी जाने मुख्य सडकसंगै जोडिएको सो जग्गाभित्र रहेको गनाउने धारालाई समेत चौधरी ग्रुपबाट अतिक्रमण गरिएको पाइएको छ । यसरी सरकारी र नीजि जग्गा अतिक्रमण गर्दै आएका बिनोद चौधरीले पछिल्लो समय आफ्नै परिबारभित्र जग्गा हडपेर मापदण्ड विपरित भबन बनाउदा समेत स्थानीय प्रशासन तथा सम्बन्धित सरकारी निकायको ध्यान जान सकेको छैन ।
स्थानीय निकायको निर्वाचनका समयमा मन्त्री महासेठले सरकारी जग्गालाई पार्क बनाउने भन्दै सोही वडामा विभिन्न विषयमा विवादीत व्यक्ती विष्णुबहादुर कार्कीलाई ४० लाख रुपैयाँ दिएर अध्यक्षमा बिजय गराएको आरोप समेत मन्त्री महासेठलाई लागेपनि उनले पार्क बनाउने भनेको स्थानमा अहिले पार्क हैन महासेठपनि चुप छन । तर कार्की अध्यक्षमा निर्वाचित भएपछि सो सरकारी जग्गामा कुनै पार्क नबनाई मन्त्री महासेठ र बिनोद चौधरीले बराबरी सरकारी जग्गा हडपेर भोकचलन गर्दै आएकै कारण उनीहरुमाथी सरकारले कारबाही गर्न सकेको छैन ।

जय होस ।  [email protected]


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट