November 26, 2024, 1:44 pm
» एमाले अध्यक्ष र महासचिवलाई गाली गरेपछि सांसद चौधरी निलम्बित » ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु » सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी : अर्थमन्त्री » खाल्डोमा डुबेर बालकको मृत्यु » रवि लामिछानेमाथि राज्यले नै हुँदै नभएको दोष थुपार्ने काम गरिरहेको छ : रास्वपा

रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो

मंसिर ११, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरुद्ध अदालत अवहेलनामा दायर भएको मुद्दाको प्रारम्भिक सुनुवाइ सकिएको छ। न्यायाधीश डा.मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ सकिएको हो। अब केहीबेरमा आदेश आउनेछ।

यसअघि मंसिर ९ गते सुनुवाइका लागि पेशी तोकिएपनि पछि  हेर्न नभ्याइने‍ सूचीमा राखिएको थियो।  रास्वपाका नेताहरूले अदालतको मानहानी गरेको दावी गर्दै कार्त्तिक २९ गते अधिवक्ता अनुपम भट्टराईले  सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए। उनले सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान चलिरहँदा अदालतलाई दबाब दिने वा प्रभाव पार्नेगरी रास्वपाका नेताहरूले अदालतको मानहानी गरेको दावी गर्दै रिट निवेदन दायर गरेका हुन्।

निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले,प्रवक्ता मनिष झा,विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ,तोसिमा कार्की,सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने हाल प्रहरी हिरासतमा छन्।  विभिन्न सहकारीको रकम हिनामिना गरेको उनीमाथि आरोप छ। उनी हाल कास्की प्रहरी हिरासतमा छन्।

प्रतिक्रिया