February 26, 2025, 2:52 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

रवि लामिछानेमाथि राज्यले नै हुँदै नभएको दोष थुपार्ने काम गरिरहेको छ : रास्वपा

मंसिर ११, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी प्रकरणमा अनुसन्धान भइरहेको विषयलाई पार्टीले प्रभावित पार्न नखोजेको स्पष्ट पारेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा थुनामा राख्ने कामको विरोध गरेको तर, सहकारी प्रकरणमा अनुसन्धान भइरहेको विषयलाई पार्टीले प्रभावित पार्न नखोजेको स्पष्ट पारेको हो ।

पत्रकार सममेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रवि लामिछानेविरुद्ध राज्यले नै हुँदै नभएको कुरा बाहिर ल्याएको र एकपक्षीय ढंगले दोष थुपार्ने काम भएको आरोप लगाए।

उनले प्रयाप्त प्रमाण भएपनि कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि कानुनी कारवाही नभएको तर प्रमाण नभएका व्यक्तिलाई थुनामा राख्ने काम राजनीति प्रतिशोध नै भएको जिकिर गरे । झाले कुनै पनि चेकमा हस्ताक्षर गर्दैमा केहि नहुने भन्दै यसलाई पुष्टि गर्ने डकुमेन्ट आउनुपर्ने बताए।

चेकका विषयमा अनावश्यक बहस गरेर अतिरञ्जित गर्ने काम नगर्न उनले आग्रह गरे। पत्रकार सम्मेलनमा रास्वपाका नेताहरुले आफूलाई मनमा लागेको कुरा सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्दा कारवाही हुन्छ भने कारवाही भोग्न समेत तयार रहेको बताएका छन् ।

प्रतिक्रिया