काठमाडौँ- मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा रहनुभएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न काठमान्डौ जिल्ला अदालतले अनुमति दिएको छ ।
हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको परिसरले जानकारी दिएको छ । कात्तिकको दोस्रो हप्तामा तत्कालीन बहालवाला मन्त्री अधिकारी जापान जाँदा असम्बन्धित व्यक्तिलाई पनि लिएर गएपछि उहाँ विवादमा तानिनुभएको हो । मन्त्री पदवाट राजीनामा दिएपछि प्रहरी हिरासतमा रहनु भएका उहाँमाथि प्रहरीले अनुसन्धान गर्दै आएको छ ।
प्रतिक्रिया