November 14, 2024, 10:04 pm
» सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी » झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप » Education Minister asks agencies to improve results of grade 11 and 12 » रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता » चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

एक महिनाभित्र शैक्षिक सुधारका लागि खाका तयार हुन्छ : मन्त्री भट्टराई

साउन २, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई सुधार गर्न कार्ययोजना बनाएर नै अघि बढ्ने बताएका छन्। सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले निःशुल्क शिक्षा ऐनलाई कार्यान्वयन गर्न आवश्यक खाका बनाउने समेत बताइन्।

विद्यालय शिक्षा ऐन बनाउँदा निःशुल्क शिक्षा ऐनको भावलाई पनि समेट्न जरुरी रहेको उनको भनाइ छ। एक महिनाभित्र शिक्षा क्षेत्रको सुधारका लागि खाका तयार पार्ने मन्त्री भट्टराईले बताइन्।  उनले शिक्षण सिकाइको नजिता एसईई परीक्षाको नतिजा भएकाले समग्र शिक्षण प्रणालीलाई पुनरावलोकन गर्न जरुरी रहेको धारणा राखिन्।

बैठकमा विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल समेत गरिएको थियो । बैठकले समितिअन्तर्गत गठित उपसमितिको कार्यलाई शीघ्र र गतिशिल बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया