November 15, 2024, 1:50 am
» सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी » झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप » Education Minister asks agencies to improve results of grade 11 and 12 » रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता » चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधनप्रति देउवाले गरे दु:ख व्यक्त

कार्तिक २९, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं : नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसकी नेतृ विमला गौचनको निधनप्रति दु:ख व्यक्त गरेका छन्। सभापति देउवाले गौचनको आत्माको चीर शान्तिको कामना गर्दा उनको परिवारमा गहिरो समवेदन व्यक्त गरेका छन्।

गौचनको काठमाडौंको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा बुधबार राति ६३ वर्षको उमेरमा उनको निधन भएको हो । नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाका अनुसार उनी अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्‍याइएको थियो। डेंगी संक्रमित उनलाई राति हृदयघात भएको बताइएको छ।

गौचनको शव अस्पतालमै राखिएको उनले बताए । उनका छोरा अमेरिकाबाट आएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । गौचन नेपाली कांग्रेसबाट समानुपातिक सांसद थिए। वयस अगाडि दामोदर कुण्ड गाउँपालिकाको दामोदर कुण्डको अवलोकनमा गएको समयमा उनी बिरामी परेपछि नेपाली सेनाले उद्धार गरेको थियो।

प्रतिक्रिया