November 23, 2024, 12:20 pm
» रविले सहकारी ठगी गरेको प्रष्टै देखिन्छ : एमाले नेता पोखरेल » विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित » प्रधानमन्त्री ओलीका पिताको स्वास्थ्यमा समस्या » मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह » नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

राप्रपा नेपालको तराई मधेस सम्मेलन कार्तिक २६ र २७ बिरगंजमा हुने

कार्तिक २३, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं । राप्रपा नेपालको तराई मधेस सम्मेलन आगामी कार्तिक २६ र २७ गते पर्साको बिरगंजमा आयोजना हुने भएको छ ।

दुई दिन सम्म चल्ने सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुहुने  र कार्यक्रम आयोजनाको सम्पुर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजिब पराजुलीले जानकारी दिए ।

सम्मेलनमा तराई मधेसको आर्थिक ,सामाजिक ,सांस्कृतिक र राजनीतिमा केन्द्रित रहि महत्त्वपूर्ण छलफल गर्ने कार्यतालिका रहेको छ ।

पार्टीका अर्का उपाध्यक्ष धिरेन्द्र झाले मधेसको बिकास र समृद्धिमा देखिएको सम्भावना र चुनौतीका बारेमा कार्यपत्र पेश गर्नेछन् ।

तराई मधेस क्षेत्रका २२ जिल्लाबाट २५० प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

एजेन्डाको दृष्टिकोणबाट तराई मधेस क्षेत्रलाई राप्रपा नेपालले आफ्नो उर्बर भुमी मानेर विशेष  महत्व दिदै आईरहेको छ ।

प्रतिक्रिया