November 23, 2024, 10:27 am
» रविले सहकारी ठगी गरेको प्रष्टै देखिन्छ : एमाले नेता पोखरेल » विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित » प्रधानमन्त्री ओलीका पिताको स्वास्थ्यमा समस्या » मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह » नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

सरकारलाई सहकारी ठग बचाउन, लुकाउन पर्ने छैन, जोसुकै भएपनि कारबाही हुन्छः : मन्त्री अधिकारी

कार्तिक २३, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

काठमाडौं, २३ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ठगी प्रकरणमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।

हिजो नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग संवाद गर्दै उनले तथ्य र प्रमाणले दोषी देखिएका कोही पनि व्यक्तिले छानविन र कारबाहीको दायराबाट उन्मुक्ति नपाउने बताएका हुन् ।

उनले सरकारले सहकारी ठगहरुलाई कारबाही गर्न खुट्टा नकमाउने बताए । सहकारी ठगी प्रकरणमा रवि लामिछानेमात्रै नभएर नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेलमाथि पनि तथ्य र प्रमाणले भ्याएसम्म छानविन गरिने बताए ।

‘धनराज गुरुङका पनि त्यस्ता केही आधारहरु छन् भने छानविनको दायरामा ल्याउनुस्, छानविन गर्नुस्, दोषी भए कारबाही गर्नुस् भनेर हामीले भनेका छौं । रवि लामिछानेका कुरा दुई वर्ष पहिलादेखि उठेको थियो । बुझ्दै–बुझ्दै जाँदा बल्ल छानविनको दायरामा आउनुभएको छ ।

धनराजको कुरा उठेको कति भयो र ? एक÷दुई महिना पनि भएको छैन । उनको पनि छानविन गर्छौं । सरकारले कसको निमित्त खुट्टा कमाउन परेको छ र ?

एमालेको होस्, कांग्रेसको होस् हामीले लुकाउन पर्ने पनि छैन, बचाउन पर्ने पनि छैन । एमाले ऋषिकेश पोखरेललाई बचाउन पनि लाग्दैन । गलत गर्ने कसैलाई पनि बचाउँदैन । आधारसहित आयो भने जुनसुकै नेताहरु पनि कारबाहीको भागिदार हुन्छन्,’– उनले भने ।

मन्त्री अधिकारीले अहिले सरकारले २२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको बताए । मन्त्री अधिकारीका अनुसार २२ वटा समस्याग्रस्त सहकारीमध्ये ३ वटाको हिसाबकिताब फर्स्यौट नै भइसकेको छ । अन्य समस्याग्रस्त सहकारीको बचतफिर्ता गर्ने कामको थालनी भइसकेको उनले बताए ।

‘हामीले २२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेका छौं । २२ वटामध्ये ३ वटाको फर्स्यौट नै भइसक्यो । हिसाब–किताब सबै मिलिसक्यो । बाँकी १९ वटाको पनि काम थालनी भएको छ ।

जनशक्ति कमी भएर सामान्यबाट जनशक्ति मागेको छ । हामीले ६ हजार १ सयभन्दा बढी सहकारी पीडितहरुको रकम फिर्ता गरिदिएका छौं । सबै भुक्तानी गरिदिएका छौं । जुन सहकारीमा जसले जम्मा गरेको छ, त्यही सहकारीबाटै असुलेर हामीले दिएका छौं,’– उनले भने ।

प्रतिक्रिया