April 9, 2025, 3:17 pm

कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

कार्तिक २१, २०८१ मा प्रकाशित | १५२०दर्शक तीव्रखबर

विराटनगर,  : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश जानुभएका मन्त्री अधिकारीको आलोचना भएपछि उहाँले नैतिकताको आधारमा राजीनामा दिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया