November 23, 2024, 3:43 pm
» अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा छोराको मृत्यु, बुबा घाइते

कार्तिक २०, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

विराटनगर : मोरङको रतुवामाई नगरपालिका-१० पवित्र चोकस्थित भित्री सडक खण्डमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको ना ४ ख ४०१३ नम्बरको बस र उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प २४४३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर सोमबार दिउँसो २:४० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।

मोटरसाइकल चालक झापाको कमल गाउँपालिका-५ का २८ वर्षीय सन्देश गौतमको मृत्यु भएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका गौतमको विराटनगरको आर्या न्युरो अस्पतालमा उपचारका क्रममा राति ८:४५ बजेतिर मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार सन्देशका बुवा ५० वर्षीय गोपाल गौतम घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका उनलाई अरनिको अस्पताल उर्लाबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि आर्या न्युरो अस्पताल ल्याइएको छ ।

बस र चालक रतुवामाई-६ का ३२ वर्षीय गोपाल बस्नेतलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा परेका दुवै सवारीसाधनमा क्षति पुगेको छ ।

प्रतिक्रिया