January 13, 2025, 9:41 am
» कुनै दल फुटाउने र मिलाउने काम म गर्दिन्ः प्रधानमन्त्री » आगो निभाउन खटायो कैदी, राम्रो गर्ने कैदीलाइ १० डलरसम्म तलब » माओवादी पदाधिकारी बैठक स्थगित » परराष्ट्रमन्त्रीको जवाफ : बीआरआई सम्झौतामा ‘ऋण’ भन्ने शब्द नै छैन » सरकारी वकिलको जिकिर : लामिछानेलाई छाड्दा प्रमाण नष्ट हुन्छ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

कार्तिक २०, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

काठमाडौं,  : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउत पक्राउ परेका छन् ।

एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।

राउत समेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १८ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया