February 24, 2025, 3:34 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

परराष्ट्रमन्त्रीको जवाफ : बीआरआई सम्झौतामा ‘ऋण’ भन्ने शब्द नै छैन

पुस २९, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं- परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चिनियाँ सहयोग परियोजना ‘बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई)’ सम्झौता ‘लोन’ अर्थात् ऋण नभएको बताएकी छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै पराराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गत मंसिर १९ गते भएको सम्झौतामा ‘लोन’ नै नरहेको बताएकी हुन ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा भएको बीआरआई सम्झौतामा ऋण लिनेबारे कुनै कुरा उल्लेख गरिएको छैन । जसरी ऋण लिनेगरी सम्झौता भयो भनिँदै आएको छ, यो तथ्यहीन छ,’ उनले सांसदहरूको प्रश्नको जवाफ दिँदै भनिन्,’सम्झौतामा ग्रान्‍ड र एड भन्ने शब्द मात्रै प्रयोग गरिएको छ, ‘लोन’ शब्द कहीँकतै छैन, सय पटक पढे पनि लोन शब्द भेटिन्न ।’

प्रधानमन्त्री केपी शर्मा ओली गत मंसिर १७ देखि २० सम्म चीन भ्रमणको क्रममा चीनसँग उक्त सम्झौता भएको थियो ।उनले काठमाडौंमा राजनीतिक सहमति गरेर चीनमा एकरूपता कायम गरिएको पनि उनले बताइन् । चीनसँग भएको यो सम्झौताअनुसार नेपालमा बीआरआई अन्तर्गत भैंसी पालनका लागि चीनले एक खर्ब लगानी गर्ने गरी कार्यक्रम अघि बढिसकेको छ।

प्रतिक्रिया