January 13, 2025, 12:00 pm
» नागरिक लगानी कोषको ३० औ साधारणसभा सम्पन्न » थुनछेक बहस नकसकिए पछि रबि लामिछाने आज पनि हिरासतमै रहने » Historic Gharapjhong Fort turning into ruins » तरकारी खेतीबाट वार्षिक छ लाख आम्दानी » नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु

कंगोबाट फर्किएको सैन्य टोलीसँगै सात जना घर बिदामा

पुस २९, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत कङ्गोमा शान्ति स्थापनार्थ तैनाथ नेपाली फौज स्वदेश फर्किएको छ । सेनानी देवेन्द्र खत्रीको कमाण्डमा ‘युनाइटेड नेशनल स्टयाबिलाइनेशन मिसन इन डेमोकेट्रिभ रिपब्लिक अफ कङ्गो’ मा खटिएका एक सय ९५ जना सैनिक हिजो नेपाल फर्किएको बताइएको छ ।

इथोपियन एअरलाइन्सको उडान नम्बर ईटी ८७०४ बाट हिजो ९ बजेर ३८ मीनेटमा उक्त सैन्य टोली काठमाडौं उत्रिएको थियो । स्वदेश फर्किएको टोलीमा महावीर शौर्य गण (शा.से) को ३० र २७ औ डफ्फा, श्री केवलजंग गुल्म क्युआरएफ (शा.से) तेस्रो डफ्फाका गरेर एक सय ८७ जना छन् । ती बाहेक घर बिदामा पनि सात जना आज काठमाडौं आइपुगेका हुन् ।

प्रतिक्रिया