February 25, 2025, 4:05 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

कार्तिक २०, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । 

कृष्णसार सामुदायिक वनमा गाई-गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)लेजनाएको छ । गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए । निजको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जेशीशाहले बताए। 

प्रतिक्रिया