November 5, 2024, 10:45 am
» सिमेन्ट उद्योगको निजीकरणविरुद्ध एमाले, बन्द होलान् त अवैध क्रसर उद्योग ? » रवि लामिछानेलाई थप दस दिन हिरासतमा राख्न अनुमति » बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा छोराको मृत्यु, बुबा घाइते » वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला » लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन भ्रमणमा जानुहुने

तीव्रखबर १३ औं वर्षमा प्रवेश : निष्पक्ष र सुशासनको पक्षमा केन्द्रित रहने पुनः प्रतिवद्धता

कार्तिक १६, २०८१ मा प्रकाशित | १२४०दर्शक तीव्रखबर

आजबाट हामी १२ वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेका छौं । तीव्रखबर डटकमको वार्षिकोत्सवका अवसरमा तीव्रखबर मिडिया ग्रुप सम्पूर्ण पाठक, दर्शक, शुभेच्छुक र सहयोगीहरूमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्न चाहन्छौं ।
व्यावसायिक अनलाइन पत्रकारिताको दिगो जग बसाल्ने प्रयत्नस्वरूप १२ वर्ष अघि अर्थात सन् २०१२ आजकै दिन तीव्रखबर डटकमको आरम्भ भएको थियो । यो यात्राले अहिले १२ वर्ष पूरा गरेको छ । यो अनलाइन न्यूजपोर्टल लामो समयसम्म नेपाल सरकारले निर्देशिका तयार नगरेको अवस्थामा पनि संचालनमा रहि निष्पक्ष र खोजमूलक समाचार प्रकाशन प्रसारणमा अहोरात्र सक्रिय रह्यो । सम्बन्धित निकायबाट न्यूजपोर्टलका लागि अनुमति पाएसंगै हामीमा थप जिम्मेवारीबोध भयो, यही क्रममा हामीले उठान गरेका विषयहरुमा आफ्नो नियमित प्रकाशन/प्रसारणका क्रममा धेरै चुनौतीहरु आए । समाजमा भएका अनियमितता, भ्रष्टाचार, कुुसंस्कार, तस्करीका विषयमा खरो रुपमा सत्यतथ्य समाचार आम पाठक र दर्शकहरु बीच पस्कदै आएका छौं र सो कार्यलाई अझ तीव्रता दिँदै गएका छौ ।
यसबीचमा अनेक संकट, समस्या र सफलतासँग साक्षात्कार गर्दै हामी यहाँसम्म आइपुगेका छौं । निष्पक्ष र सुशासनको पक्षमा समाचार पस्किनु एक चुनौती पनि हो । तथापि हामी त्यही चुनौतीलाई कुशलतापूर्वक छिचोल्दै अगाडि बढ्नु नै हाम्रो नियति जस्तो बनेको छ । भ्रष्टाचार, तस्करी, अनियमितता र कालोबजारी विरुद्धका समाचारमा कुनै सम्झौता नगर्ने ऊर्जा पनि सायद यसैले दिएको हो । हाम्रा कलमको निप निमोठ्ने प्रयास पनि यस बीचमा नभएका होइनन् । धम्की, मुद्धा र चुनौतीका चाङबीच हामीले हाम्रो यात्रालाई निरन्तरता दिन सफल छौं र अझै सफलताकने यात्रामा हामी दृढ छौं ।
यसबीचमा हामीले तीव्रखबर डटकमलाई थप परिस्कृत र परिमार्जन गर्ने क्रम जारी राखेका छौं । थप जिम्मेवारीपूर्ण रुपमा छिटो समाचार पस्किने हाम्रो प्रयत्नलाई अझ प्रभावकारी बनाउन हामी प्रयत्नरत छौं । प्राविधिक संयन्त्रलाई पनि थप चुस्त बनाउँदै डिजिटल पत्रिका ‘तीव्रखबर डटकम’लाई नयाँ गति दिन हामी अहोरात्र तल्लिन छौं । पाठकहरूका हाते स्क्रिन र कम्प्युटरमा हरेक क्षण भरपर्दा समाचार सामग्रीहरू यथेष्ट रूपमा पु¥याइरहेका छौं । यसलाई अझ विषयगत ढंगले विस्तार गर्दै लैजाने हाम्रो योजना छ । हामी कुनाकाप्चामा लुकेको र लुकाइएको समाचारको खोजमूलक ढंगले पस्किने प्रयत्नलाई थप प्रभावकारी बनाउँने प्रयत्नमा तल्लिन छौं ।
अन्त्यमा, तीव्रखबर मिडिया ग्रुप पुनः हाम्रा सम्पूर्ण सहकर्मी, पाठकवृन्द, दर्शक, विज्ञापनदाता, विज्ञापन एजेन्सीलगायत सबै सहयोगी एवम् शुभेच्छुक महानुभावहरूलाई १२ औं वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।

धन्यवाद ।

मनोज खतिवडा
अध्यक्ष/प्रधान सम्पादक

प्रतिक्रिया