February 23, 2025, 3:29 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

वीरगन्जको सहकारीबाट पनि गोर्खा मिडियामा साढे ८ करोड रुपैयाँ अपचलन!

कार्तिक १३, २०८१ मा प्रकाशित | ३१९०दर्शक तीव्रखबर

काठमाडौं,  । पर्साको वीरगन्जस्थित आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा साढे ८ करोड रुपैयाँ सारेर अपचलन गरेको भेटिएको छ ।

गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीको घरबाट बरामद हार्ड डिस्क अनुसन्धान गर्दा प्रहरीले सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा सारिएको फेला परेको हो।

सानो पाइलाबाट रकम सार्दा गोर्खा मिडियामा रवि लामिछाने प्रबन्ध निर्देशक रहेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा सानो पाइलाबाट सात पटक गरी आठ करोड ५८ लाख ४४ हजार रुपैयाँ जम्मा गरेको भेटिएको हो ।

२०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको छ भने थप रकम ०७८ वैशाख ५ देखि ०७९ साउन १९ सम्ममा सारिएको हो।

सानो पाइलाका बचतकर्ताहरूले रकम हिनामिनाबारे एक वर्षअघि उजुरी दिँदा गोर्खा मिडियामा सहकारीबाट रकम सारिएको प्रमाण फेला परेको थिएन।

प्रतिक्रिया