डिपेण्डेन्ट भिषा : हाडनाता विवाहदेखि मानव किनबेचसम्म

- March 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । शैक्षिक परामर्श केन्द्रका नाममा खुलेका कन्सल्टेन्सीहरुले सरकारी निति विपरितका कृयाकलापहरु गर्नुका साथै मानव किनबेचसम्मका कृयाकलापहरु गर्दै आइ्रहेको फेला परेको छ ।

एक जना पढ्न तथा अर्काे काम गर्नका लागि भन्दै विभिन्न मुलुकमा डिपेण्डेन्ट भिषामा मानव तस्करी धन्दा पछिल्लो समय मौलाएको छ । सयौ कन्सल्टेन्शीहरुले शैक्षिक योग्यता पुगेको युवा वा युवतीहरुलाई खोजी गर्दे खरिद गरि शैीषक योग्यता नभएका व्यक्तिलाई नक्कली विवाह गर्दै डिपेण्डेन्ट भिषामा विभिन्न मुलुकमा मानव तस्करी गर्दै आएको तीव्रखबरले फेला पारेको छ । त्यसरी अवैध रुपमा मानव किनबेचदेखि तस्करी धन्दामा संलग्न कन्सल्टेन्शीहरुमा चलेका कन्सल्टेन्सीदेखि हालसालै खुलेकासमेत सक्रिय रुपमा लागि परेको पाइएको छ ।

पछिल्लो समय डिपेण्डेन्ट भिषामा अष्ट्रेलिया पठाउँदै आएको सयौं कन्सल्टेन्सीहरुले मानव किचबेच मात्र गरेका छैनन् हाड नाता पर्ने युवा युवतीहरुको नक्कली विवाह गराई भिषा आवेदन समेत दिने गरेको फेला परेको छ । अष्ट्रेलिया पुग्नको लागि मात्र हो, यो नक्कली विवाह हो भन्दै जग्गे बनाएर, पुरेत पढाएर, केही जन्ती बोलाएर नक्कली विवाह गर्दे डिपेण्डेन्ट भिषा लगाउन केही गिरोह सक्रिय रहँदा समेत सरकार मुकदशक बन्दै आइरहेको आरोप समाचारस्रोतको छ । यसरी डिपेण्डेन्ट भिषामा विभिन्न मुलुकमा मानव तस्करी धन्दामा संलग्नहरुको फेहरिष्ट लामो छ । यसरी मानव किनबेच र नक्कली विवाह गर्दै कमाउधन्दामा पल्केका कन्सल्टेन्सीहरुको सुचि तीव्रखबरले खोजी जारी राखेको छ ।

अध्ययन तथा पर्यटन भिसामा विदेश पठाउने काम शैक्षिक परामर्श केन्द्रले गर्दै आएका छन् । सञ्चालकहरुले अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान तथा युरोपेली मुलुकमा शिक्षाको नाममा मानव ओसार पसार गरेको उजुरी परे पनि यसको सुनुवाइ भएको छैन । कानुन र अनुगमनको अभावमा शैक्षिक परामर्शको नाममा ठगी र मानव तस्करी धन्दा बढेको प्रहरीको निष्कर्ष छ । भाषा प्रशिक्षण र शैक्षिक परामर्श दिन भनेर स्थापना गरिएका परामर्श केन्द्रले मानव तस्करीदेखि हुन्डीसम्मको काममा संलग्न रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

कर छली गर्ने कन्सल्टेन्सीमाथी कस्ले कारवाही गर्ने ? (नाम सहित)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!