बृृहत् कृषि मेला हुने

- March 23, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बाजुरा,। सदरमुकाम मार्तडीमा चैत १७ र १८ गते बृृहत् कृषि मेला लाग्ने भएको छ ।स्थानीय खाद्य तथा तरकारी बालीको प्रवद्र्धन र कृषि क्षेत्रमा आकर्षण बढाउन सो मेलाको आयोजना गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले बताउनुभयो ।सबै गाउँपालिका र नगरपालिका क्षेत्रका किसानले उत्पादन गरेका कृषिजन्य बस्तुका कक्ष राखिने छ । मेला आयोजनाका लागि रु एक लाख ५० हजार खर्च लाग्ने श्रेष्ठले बताउनुभयो । कृर्षि मेलामा खाद्य बाली, तरकारीबाली, फलफूलबाली, मसलाबाली, नगदेबाली र माछापालनको प्रतिष्पर्धा गरिने भएको छ । कृषिमा बाजुरा आत्मनिर्भर बन्नसक्छ भन्ने सन्देशसहित उत्पादनको स्थिति बुझ्न मेलाबाट मद्दत पुग्ने छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!