माइक्रोबस व्यवसायी र मजदुर संघको ठगी, व्यवसायी तथा मजदुरहरु मारमा

- March 23, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

–पवित्र शर्मा

काठमाडौं । यातायात व्यवसायी तथा यातायात मजदुरहरु ठगीको सिकार भैरहेको समाचार एकपछि अर्काे गर्दै छताछुल्ल बन्दै गएको छ ।

व्यवसायीहरुको हतहितका लागि भन्दै सिमित व्यवसायीहरुबाट नै स्थापना गरिने विभिन्न संघरसंस्थाहरुबाट व्यवसायीहरु नै ठगिएका घट्नाहरु पछिल्लो समय बाहिर आउन थालेका छन् ।

प्रत्येक माइक्रो व्यवसायीबाट मासिक रुपमा विभिन्न शिर्षकमा विभिन्न संस्थाहरुले अशुल्ने गरेको रकमको फेहरिष्ट लामो छ । तथापि हामीले यतिवेला निलो माइक्रोबस व्यवसायीहरुबाट नेपाल माइक्रोबस व्यवसायी संघले माइक्रोबस संचालन गरेवापत मासिक चार हजार आठ सय र दुर्घटना भलाई कोष वापत मासिक सात हजार दुई सय रुपैयाँ अशुल्ने गरेको छ । त्यसैगरि अखिल नेपाल यातायात मजदुर संघको नाममा मासिक नौ सय रुपैयाँ अशुली गर्दे आएको फेला परेको छ । यसरी उठाइएको रकम बार्षिक कुल दुई करोड एक लाख चौविस हजार हुन्छ यही रकममा नै अनियमितता भएको आरोप केही व्यवसायीहरुले लगाउँदै आएका छन् ।

प्राप्त समाचार अनुसार यतिबेला अनियमितताको चरम विवादमा परेको नेपाल माइक्रोबस व्यवसायी संघ, अखिल नेपाल यातायात मजदुर संघको अनियमितता विवाद जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ । व्यवसायीहरुबाट मासिक रुपमा लाखौं रुपैयाँ संकलन गरि विभिन्न किर्ते कागजातमा खर्च गर्दै अनियमिततामा तल्लिन माइक्रोबस व्यवसायी संघ र दैनिक रुपमा पैसा संकलन गर्दै आएको अखिल नेपाल यातायात मजदुर संघ यतिबेला चरम अनियमितता भएको भन्दै विवादमा मुछिएका छन् ।

झण्डै बार्षिक एक करोडको कारोवार नेपाल माइक्रो व्यवसायी संघमा उठ्ने सबै रकम भत्ता, तलव तथा पदाधिकारीहरुको सुविधाका लागि भन्दै विभिन्न शिर्षकमा खर्चेर फजि विल बनाउँदै रकम स्वाहा पार्ने कृयाकलाप भैरहेको बताइएको छ ।

त्यसैगरि झण्डै बार्षिक चालिस लाख रकम संकलन गर्ने अखिल नेपाल यातायात मजदुर संघले समेत मजदुरको नाममा उठेको रकम न त मजदुरहरुको हकहितका लागि खर्चेको छ, नाम मात्रको संघमा मजदुरहरुका लागि भन्दा पनि उनिहरुको नाममा लुट मच्याएर अनियमितत भैरहेको अरोप केही मजदुरहरुले नै लगाउँदै आएका छन् । अनियमितता गरेको आरोप लागेका मजदुर संघका अध्यक्ष उमेश श्रेष्ठलाई यसै विषयमा जिज्ञासा राख्दा आफ्नो संस्थाले उठाउने गरेको रकम पारदर्शी भएको बताए । साथै विस रुपैयाँ उल्लेख गरि तिस रुपैयाँ अशुली गरिरहेको बारेमा भने उठाउने व्यक्तिले दश रपैयाँ लिने गरेको होला आफुलाई थाहा नभएको उल्लेख गरे साथै उनले भने कहाँ खर्च हुन्छ भन्ने सवालमा पार्टीलाई बुझ्न सुझाउँदै उनले भने असि प्रतिशत रकम पार्टी कार्यालयमा जान्छ । उनको संस्थामा ४ सयको हाराहारीमा सदस्यहरु रहेको जनाए ।

अनियमितता विवादमा मुछिएका नेपाल माइक्रोबस व्यवसायी संघका अध्यक्ष केशबबहादुर सुनुवारलाई जिज्ञासा लिन सम्पर्क गर्दा उनी सम्पर्क भन्दा बाहिर भएको संघका अन्य पदाधिकारीले जानकारी गराए । यसै विषयमा थप खबर तीव्रखबरले खोजी जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!