१० हजार भक्तजनबाट १ लाख ५४ हजार भेटी

- August 21, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रसुवा । गोसाइँकुण्ड मेला भर्न आएका भक्तजनबाट चढाइएको भेटी आज सार्वजनिक गरिएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार जनैपूर्णिमा पर्वको अवसरमा यहाँ लागेको मेलामा भेटीबापत रु एक लाख ५४ हजार २४८ जम्मा भएको छ ।

जिल्ला प्रहरी कार्यालयको परिसरमा सर्वपक्षीय रहोवरमा भेटी गणना गरिएको बताइएको छ । यस वर्ष करिब १० हजार भक्तजनले गोसाइँकुण्ड मेला भरेको अनुमान गरिएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!