एकल एल्बम कला ल्याउँदैछु

- October 8, 2013 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गायीका – कला मोदन लिम्बु

तेहथुम जिल्ला सुधा गाविसामा जन्मिएकी कला मोदन लिम्बु २०६५ शाल देखि निरन्तर रुपमा संगीत क्षेत्रमा संक्रिय छिन् । लिम्बु भाषाका एल्बमहरु बजारमा ल्याएर श्रोताहरुका माझ विभिन्न लोक गीत, पप गीत आधुनिक र एकल गीती एल्वम पस्कने क्रमा रहेकी गायीका लिम्बुसंग नेपालबोधले गरेको कुराकानीको केही अंश
किन संगित क्षेत्रमा नै लाग्न भएको हो ?
बच्चा देखि मेरो सोख भएको कारणले यो क्षेत्रमा आएको हँु । मलाई तारा देवी र अरुणा लामाको गीतहरु साह्रै मन पथ्र्याे तेही प्रभावले मलाई सांग्ीतिक क्षेत्रमा प्रेरित गर्यो ।
संगीत क्षेत्रमा आउन कस्को सहयोग पाँउनु भएको छ ?
संगीत क्षेत्रमा आउन परिवारबाट मुख्य सहयोग पाएको छु । संगीत क्षेत्रमा लाग्नु भएको साथीहरुबाट पनि सहयोग पाएउँदै आएको छु ।
कति सालबाट यस क्षेत्रमा लाग्नु भयो हाल सम्म कति एल्बम बजारमा आयो ?
२०६५ सालबाट यस क्षेत्रमा निरन्तर लागिरहेको छु । बजारमा भने २०६७ सालमा तिमी आउने बाटो हेरी, पहिलो गीत, सोही सालको अन्त्यतिर तिमीले सुन्नु नचाहेपछि, २०६९ मा लोकगित जति दिन्छौ दिनु पिडा र छिन्ताङ देवी भन्नेको भाकाको दुईवटा गीत गायकी थिए । साथै लिम्बु भाषाको पहिलो गीत सेसेमी से–नाम्बो आदी एल्बम आएको छ ।
श्रोता लाई के भन्न चाहनु हुन्छ ?
मेरो पहिलो एकल गीति एल्बम कला चाँडै आउँदैछ । मेरो गीत सुनिदिनुहोला र कमी कम्जोरीहरुलाई औल्याईदिनु होला ।
नयाँ आउने संगीतकर्मीहरुलाई के भन्न चाहनु हुन्छ ?
नयाँ आउने साथीहरुलाई सोचेर मात्र यस क्षेत्रमा लाग्नु होला । यस क्षेत्रमा धेरै अफ्ठ्याराहरुको सामाना गर्नु पर्दाे रहेछ । कति आर्थिक अभावको कारण काम गर्न असजिलो हुने गरेको छ भने सोही कारण एल्वम निकाल्न समेत गाह्रो हुने रहेछ यस्ता समस्याहरुलाई बुझेर मात्र यस क्षेत्रमा लाग्नु हुन अनुरोध गर्दछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!